2005-06-17 - press release - NA२०६२-०३-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19071 अभिलेखालय सि. नं.: NCA-19071

बरामद

आज आषाढ ३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुर्खेत जिल्लाको छिन्चुको मैनडाँडा इलाकाबाट सकेट बम-१६, डेटोनेटर-३३, पाईप बम-२, कम्ब्याट ड्रेश जोर-६, बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु तथा विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ

यसै गरी यहि आषाढ १ गते ताप्लेजुङ्ग जिल्लाको डुम्रिसे इलाकाबाट आतंककारीहरुले विगतमा र्सवसाधारण व्यक्तिहरुबाट बलजफ्ती लुटपाट गरी संकलन गरी लुकाई राखेको चामल ४०० के.जी., आलु ९५ के.जी, तोरीको तेल., चिउरा र चिनी लगायतका खाद्यान्नहरु बरामद गरी स्थानीय गरीव तथा असहाय व्यक्तिहरुलाई वितरण गरेको छ । साथै सोही दिन सुरक्षाफौजले रौतहट जिल्लाको कनकपुर्रर् इलाकाबाट बन्दुक नाल-१ तथा बाजुरा जिल्लाको विस्नपानीस्थित जङ्गलर् इलाकाबाट सकेटबमहरु, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरण लगायत विविध वन्दोवस्तीका सामानहरु समेत बरामद गरेको छ ।

RNA HQ
17 June 2005