2005-06-16 - press release - NA२०६२-०३-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19067 अभिलेखालय सि. नं.: NCA-19067

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले विगत केही हप्ता देखी पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिंगापुर-कावेली सडक खण्डमा चल्ने सवारी साधनहरुबाट अत्याधिक रुपमा मनोमानी तवरले बलजफ्ती चन्दा असुल्ने गरेका कारण उक्त रुटमा केहि दिनदेखि भाडाका सवारी साधनहरुको आवागमनमा अवरोध खडा गरी र्सवसाधारणको निर्वाध रुपमा एक स्थानबाट अर्को स्थानमा जान पाइने तथा आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने हक अधिकारलाई कुण्ठित पार्दै आतंककारीहरुले आफ्नो घृणित कुकार्यलाई त्रि् बनाएका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले मिति २०६२ जेष्ठ ३१ गते म्याग्दी जिल्लाको ज्यामरुकोर्ट इलाका निवासी गा.वि.स. सचिव कृष्ण कार्कीलाई निजको घरबाटै अपहरण गरी अज्ञात स्थल तर्फलगेका छन् ।

RNA HQ
16 June 2005