2005-06-16 - press release - NA२०६२-०३-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19066 अभिलेखालय सि. नं.: NCA-19066

ताप्लेजुङ्गको डुम्रिके इलाकामा ३ आतंककारीको मृत्यु

आज आषाढ २ गते बिहान पौने १२ बजे ताप्लेजुङ्ग जिल्लाको डुम्रिके इलाकामा गस्तिमा रहेको सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच दोहोरो भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट आतंककारी समुहका कथित एरियार् इन्चार्ज सन्दिप, सिसम र नाम खुल्न नसकेका १ समेत गरी जम्मा ३ जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलबाट आतंककारीहरुले प्रयोग गरेको बन्दुक, गृनेड, क्यानभास जुत्ता, सोलार प्यानल, टेलिभिजन, चार्जिङ्ग लाईट, डेक, भिडियो क्यासेट, एसिड ब्याट्री लगायतका विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
16 June 2005