2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19060 अभिलेखालय सि. नं.: NCA-19060

आत्मर्समर्पण

विगतमा आतंककारी क्रियाकलापमा संलग्न रहँदै आएका दैलेख जिल्ला नौमुले गा.वि.स. निवासी आतंककारी समुहका कथित मिलिसियाहरु लोक बहादुर राम्जाली मगर र सुनाखरी मगर, पगनाथ निवासी कथित वडा प्रमुखहरु टुल्के तिरुवा, लोकबहादुर भण्डारी, कट्ट निवासी खड्ग बहादुर शाही, कर्ण्र्ाादुर क्षेत्री, मेहलटोली निवासी कर्ण्र्ााादुर शाही, सोही जिल्लाको कट्ट ईलाका निवासी कथित किसान संघ प्रतिनिधि हरि बहादुर शाही, जुम्ला जिल्ला कालीकाखेतु निवासी कथित कार्यकर्ताहरु कुम्भ नेपाली "कोपिला" र हरिमोल नेपाली "हिमाल" तथा डोटी जिल्ला लक्ष्मीपुर्रर् इलाका निवासी यसोदा भट्ट नाम गरेका जम्मा ११ जना व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा र ज्यादतीपूण् क्रियाकलापबाट आफूहरुमा वितृष्णा पैदा भएको कारण र्सवसाधारण सरह जीवन यापन गर्ने उद्देश्यका साथ आतंककारी समुह परित्याग गरी मिति २०६२ जेष्ठ २९ र ३० गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

विगतमा आतंककारीहरुले वलजफ्ती आफ्नो कथित पार्टी संलग्न गराएका ओखलढुङ्गा जिल्लाको खिजिफलाटे, पकनी, रगनी तथा खिजी गा.बि.स.हरुमा बसोबास गर्दै आएका २६ जना व्यक्तिहरुले आतंककारीहरुको ज्यादतीपूण् क्रियाकलापमा आफूहरु कहिल्यै संलग्न नहुने र र्सवसाधारण नागरिक सो-सरह जीवन यापन गर्ने प्रण गर्दै मिति २०६२ जेष्ठ १८ गते देखि २१ गतेसम्म सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् । स्मरण रहोस् यस अघि सोही जिल्लाको विभिन्न गा.वि.स.मा बसोवास गर्दै आएका तथा आतंककारीहरुद्वारा बलजफ्ती आफ्नो गतिविधिमा लाग्न बाध्य गर्राईएका २५४ जना व्यक्तिहरुले सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरी सकेका छन् ।

RNA HQ
15 June 2005