2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19058 अभिलेखालय सि. नं.: NCA-19058

बरामद

आज असार १ गते काभ्रेपलाञ्चोक जिल्लाको छोटेसाहान इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले लुकाएर राखेको चामल २०० बोरा -प्रति बोरा ५० के.जि.), दाल २२ बोरा, तोरीको तेल २०० प्याकेट -१२ बोरा) मैनबत्ती २ कार्टु मसला ५ प्याकेट, जिरा ४ बोरा, चिनी ३ बोरा (३०० के.जि), मेट्रेस ७०० गोटा तथा खाना पकाउने ४ वटा ड्रमहरु सुरक्षाफौजले बरामद गरेको छ ।

यसै गरी मिति २०६२ जेष्ठ ३१ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा मकवानपुर जिल्लाकोर् इपा सल्ले गाउर इलाकामा आतंककारीहरुले लुकाई राखेको बन्दुक नाल-१, गन पाउडर-५ के.जि., नेपोलाईट-५ के.जि., जिलेटिन-२ के.जि. तथा सकेट बम बनाउन प्रयोग हुने सामग्रीहरु सुरक्षाफौजले बरामद गरेको छ । साथै डडेलधुरा जिल्लाको जोगबुढार् इलाकामा आतंककारीहरुले र्सवसाधारण किसानहरुबाट बलजफ्ती संकलन गरी लुकाई राखेको गहँु १६ क्विन्टल, चामल १० क्विन्टल, नुन ४ बोरा, मकै ५ बोरा, खुसानी २ बोरा, जौ १ बोरा, दाल २ बोरा र मसला १ बोरा मिति २०६२ जेष्ठ ३० गते सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
15 June 2005