2005-06-13 - press release - INSEC२०६२-०२-३० - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19035 अभिलेखालय सि. नं.: NCA-19035

प्रेस विज्ञप्ति

०६२ जेठ ३० गते

प्रेस विज्ञप्ति

पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै नेपाल पत्रकार महासंघको आव्हानमा आज काठमाडौंको रत्नपार्कमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरी हस्तक्षेप गरी व्यापक धरपकड गरिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं। घटनामा सादा पोशाकका सुरक्षाकर्मीहरुको व्यापक प्रयोगप्रति आपत्ति जनाउँदछौं।

शान्तिपूर्वक भेला भई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संर्घषरत पत्रकारहरुमाथि गरिएको यस प्रकारको धरपकडले मानवअधिकारका आधारभूत मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ। यस प्रकारको प्रहरी ज्यादतिप्रति विरोध जनाउँदै गिरफ्तार गरिएका सम्पूर्ण पत्रकार तथा मानवअधिकारकर्मीहरुको यथाशीघ्र रिहाईको माग गर्दछौं। साथै, मौलिक नागरिक अधिकारका निम्ति भएको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदछौं।

सुबोधराज प्याकुरेल

अध्यक्ष