2005-06-12 - press release - NA२०६२-०२-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19033 अभिलेखालय सि. नं.: NCA-19033


आतंककारी समुहले गरेको ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुलाई कायरतापूवक हत्या,अपहरण जस्ता विभिन्न घृणित कुकृत्य गर्दै आएका आतंककारीहरुले यही जेष्ठ २७ गते झापा जिल्लाको चारआलीबाट फिदिमतर्फ जाँदै गरेको एक यात्रुवहाक बसमा यात्रा गरिरहेका शाही नेपाली सेनाको पिपा (गैर लडाकु) दर्जामा कार्यरत एक जवानलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् । यसै गरी आतंककारीहरुको एक समुहले कैलाली जिल्लाको विभिन्न गा.वि.स.हरुमा कार्यरत कर्मचारीहरु सुदाम चौधरी, कृष्ण बहादुर रावल, तिर्थ बोहोरा, मेवालाल चौधरी, दुगाप्रसाद खनाल, झमकदक्त अधिकारी, शालिकराम शाह, डम्बरसिंह बोहरा तथा उद्धव बहादुर शाहलाई अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुको एक समुहले हिजो जेष्ठ २८ गते राति साँढे ९ बजे महेन्द्र राजमार्ग अर्न्तर्गत पर्ने र्सलाही जिल्लाको गौरीडाँडा इलाकास्थित सडक खण्डमा कोईला बोकेको एउटा ट्रकलाई आगो लगाई जलाई दिएका छन् । उक्त ट्रकमा आगजनी गरे पछि राजमार्गमा यातायात अवरुद्ध भएकोमा सुरक्षाफौजले तत्काल अवरोध हर्टाई यातायात पुनःसञ्चालन गरेको छ ।

RNA HQ
12 June 2005