2005-06-11 - press release - NA२०६२-०२-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19031 अभिलेखालय सि. नं.: NCA-19031

वीरगति

हिजो जेष्ठ २७ गते काभ्रेपलान्चोक जिल्लाको खार्पाचोक इलाकामा गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी आतंकारीहरुले फायर एम्बुश सञ्चालन गरेपछि आतंककारी तथा सुरक्षाफौज बीच दोहोरो भिडन्त भएको । उक्त भिडन्तमा परी शाही नेपाली सेनाका ६ जवानहरुले वीरगति प्राप्त गरेका छन् । साथै सो घटनामा परी २ जना र्सवसाधारण व्यक्तिहरुको समेत मृत्यु भएको छ । उक्त घटनामा परी र्घाईते भएका सुरक्षाफौज तर्फका र्घाईतेहरु तथा २ जना र्सवसाधारणलाई उपचारको लागि छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याई पुर्‍याईएको छ । कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर सैनिकहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैयधारण गर्ने शक्ति प्रदान गरुन् भनी शाही नेपाली सेना श्री परमेश्वरसंग प्रार्थना गर्दै र्घाईते जवानहरुको स्रिर स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

RNA HQ
11 June 2005