2005-06-11 - press release - NA२०६२-०२-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19028 अभिलेखालय सि. नं.: NCA-19028

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ३ आतंककारीको मृत्यु

मिति २०६२ जेष्ठ २७ गते कपिलवस्तु जिल्लाको वलरामपुर इलाकामा गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने आतंककारी विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समुहका कथित एरिया कमाण्डरहरु मैनटुल पासी, चिकल पासी र कथित मिलिसिया राधेश्याम कुर्मी नाम गरेका ३ आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१ तथा सकेट बमहरु बरामद गरेको छ ।

RNA HQ
11 June 2005