2005-06-10 - press release - NA२०६२-०२-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19025 अभिलेखालय सि. नं.: NCA-19025

आत्मर्समर्पण

विगतमा आतंककारी समुहमा संलग्न रही सो समुहका कथित डोटी जिल्ला सदस्य तथा राजनैतिक संगठन भित्र महत्वपूण् स्थान लिई रहेका "अग्नी" उपनाम गरेका एक आतंककारीले आतंककारीहरुको कथित पार्टी नाईकेहरुले गर्ने गरेको घृणित कृकृत्यहरुको भण्डाफोर गरी एक समारोहका बीच हिजो जेष्ठ २६ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

सो अवसरमा सुदूर पश्चिम पृतनाका पृतनापति उपरथी श्री राजेन्द्र थापा लगायत डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी,स्थानिय सुरक्षा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थितिमा निजलाई स्वागत गदै बाटो विर्राई आतंकको दलदलमा फसेका अन्य व्यक्तिहरुले समेत शान्तिको बाटो पछ्याउने आशा व्यक्त गर्दै शान्तिको विकल्प नरहेको समेत स्पष्ट पार्नु भयो ।

यसै गरी विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका रामेछाप जिल्ला सालु गा.बि.स. निवासी रामप्रसाद काफ्ले, दैलेख जिल्ला कट्टी गा.वि.स. निवासी आतंककारी समुहका कथित एरिया कमिटी सदस्य जानकी शाही र बालुवाटार गा.वि.स. निवासी डिलबहादुर कुंवर, जुम्ला जिल्ला पटमारा गा.वि.स. निवासी कथित सदस्य सानु महतरा, राम माया खड्का, सपना बिष्ट "सन्दिया", कथित गा.ज.स.प्रमुख चन्द बहादुर रोकाय, कथित वडा जनसरकार प्रमुख सुर बहादुर बुढा नाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा र ज्यादतीपूण् क्रियाकलापबाट आफूहरुमा वितृष्णा पैदा भएको कारण सोे समुह परित्याग गरी स्वतन्त्र जीवन यापन गर्ने उद्देश्यका साथ यही जेष्ठ २४ र २५ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
10 June 2005