2005-06-10 - press release - NA२०६२-०२-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19024 अभिलेखालय सि. नं.: NCA-19024

आतंककारी समुहले गरेको ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुलाई कायरतापुवक हत्या,अपहरण जस्ता विभिन्न घृणित कुकृत्य गर्दै आएका आतंककारीहरुले यही जेष्ठ २६ गते कैलाली जिल्लाको धनगढी बजारस्थित चौराहा इलाकामा विभिन्न हतियारबाट अन्धाधुन्द गोली चलाउँदा सो इलाकामा मिर्ठाई पसल गरी बस्ने ४८ बषिर्य महेश्वरा बिष्ट नाम गरेकी एक निर्दोष महिलाको मृत्यु भएको छ । यसै गरी यही जेष्ठ २५ गते सिराहा जिल्लाको मिर्चैया इलाका निवासी राम अवतार साह नाम गरेका ६५ बषिर्य एक बृद्ध व्यक्तिलाई आतंककारीको एक समुहले घरबाट पूवतर्फबताहा नदीको किनारमा लगि धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरी आफ्नो कायरता प्रदर्शन गरेका छन । साथै दैलेख जिल्लाको घुगुरकोटस्थित एक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी ३५ जना तथा अछाम जिल्ला जयगर्ढ इलाकास्थित विद्यालयका विद्यार्थीहरुलाई समेत यही २३ र २४ गते अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

यसै गरी गत जेष्ठ १३ गते गोरखा जिल्लाको बुद्धचोकमा आतंककारीहरुले जथाभावी गोली चलाउँदा युनिफाइड कमाण्डका प्रहरी हवल्दार शिव थापा, प्रहरी जवान कर्ण्र्ााहादुर ठेगा र ओम प्रकाश चौधरी तथा एक गर्भवती महिला र गर्भमा रहेको शिशुको समेत मृत्यु भएको छ ।

यहि जेष्ठ १४ गते आतंककारीहरुले बागलुङ्गको सुदुरपश्चिममा रहेको एक दलित वस्तीमा आक्रमण गरी महिला र बालबालिकालाई निर्घर्ाारुपमा कुटपिट गर्दै सिंगो वस्तीका परिवारलाई गाउँ निकाला गरेका छन् । उनीहरुले ९ महिने बालक सहित ६० वषिर्य वृद्धा महिलालाई समेत कुटपिट गरी घाइते बनाएका छन् । विश्वकर्मा जातीको मात्र बसोवास रहेको उक्त वस्तीका स्थानीयवासीहरुले आफ्नो छोराछोरीहरुलाई आतंककारीको कथित सैन्यमा भर्ना हुन नपठाएको आरोपमा कुटपिट गरी गाउँ निकाला गरेको पिडित पक्षबाट बुझिन आएको छ । यसै गरी गत जेष्ठ १५ गते पाल्पा जिल्लाको राहवार्सर् इलाका निवासी २ सन्तानकी आमा २१ बषिर्य यममाँया कुँवरलाई आफ्नो घरमा बसिरहेको अवस्थामा आतंककारीहरुको एक समुहले बलजफ्ती अपहरण गरी विभिन्न स्थानमा लगेको र सो जत्थाले पालैपालो निज महिलालाई बलात्कार गर्ने गरेको र भागेको खण्डमा ज्यान समेत लिने धम्की दिने गरेको कुरा खुल्न आएको छ ।

RNA HQ
10 June 2005