2004-12-25 - press release - CPN-M२०६१-०९-१० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20926 अभिलेखालय सि. नं.: NCA-20926

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समिति
पूर्वी केन्द्रीय कमाण्ड

नेपालको अधिनायकवादी सामान्ती सत्ता अन्तत् सम्पुर्णरुपले राष्ट्रिय आत्मसमर्पणवादी सत्तामा पतन भईसकेको छ। पुरानो सत्ताका जराहरु उखाडि सकेकाछन्। विशाल ग्रामिण इलाकाहरुबाट बडारिएको पुरानो सत्ता यतिखेर सदरमुकाम, राजधानिमा मात्र सिमित रहेको तथ्य संसार सामु छर्लङ्ग भईसकेको छ। आफ्नो अन्तिम छटपटाईको रुपमा अमेरीकि साम्राज्यवाद र भारतिय विस्तारवादको पालनपोषण र निर्देशनमा चलेको शाही सैनिक उदण्डता उत्र्कषमा पुगेको छ। एकातिर घटनानै नभएको ठाँउमा दर्जनौ माओवादी मारिएको भनेर गोयवल्स शैलीमा झुटो र प्रायोजित प्रचार गर्ने अर्कोतिर आफ्नै कब्जामा रहेकालाई चुटि चुटि मार्ने, डाँका शैलीमा अपहरण गरेर वेपत्ता पार्ने, निर्दोश र निहत्था जनतालाई कत्लेआम गर्ने जस्ता कुकृत्यलाई शाही जल्लादहरुले तिब्रता दिएका छन्। अहिले सदरमुकाम र राजधानिमा खुम्चिएर टेकेर पुरानो सत्ताले गरिरहेको देश र जनता विरुद्धको अपराधको श्रृखलालाई अन्त गर्न चालु संघर्षलाई अझै घनिभुत पार्नुपर्ने आवश्यकता झन बढेर गएको छ। यतिखेर पुरानो सत्ता र उसका भरौटेहरु अन्दोलनका विरुद्ध गरिव जनताको दुवाई दिदै आन्दोलनमा भ्रम पार्ने दुष्प्रयास गर्दैछन्। यस्ता भ्रमपुर्ण प्रचारबाजीबाट भ्रमित नभई सम्पुर्ण जनसंघर्ष र फौजी संघर्षलाई अझ प्रभावकारी र घनिभुत ढंगले अगाडि बढाउन राजनैतिक शक्ति,देशभक्त,जनवादी र प्रगतिशिल जनसमुदायमा बागमति ÷नारायणि क्षेत्रिय व्यूरो हार्दीक अपिल गर्दछ।

२०६१ पुस १० गते

(कञ्चन)
इन्चार्ज तथा संयोजक
वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समिति
पूर्वी केन्द्रीय कमाण्ड
ने.क.पा.(माओवादी)