Archive ref no: NCA-20928
प्रेस वक्तव्य
रणनैतिक प्रत्याक्रमणको पहिलो योजनालाई कार्यान्वयन गर्ने क्रममा हाम्रो महान् र गौरवशाली पार्टी ने.क.पा.(माओवादी) मध्य केन्द्रीय कमाण्ड अन्तरगत गण्डक क्षेत्रमा कार्यरत जनमुक्ति सेनाको एक टुकडीले लमजु¨ बाहुन डाँडा भिरकुस्तु¨ स्थित रिपिटर टावर सुरक्षार्थ रहेको युनिफाई कमाण्डमाथि गत मंसिर ३० गते राती १०ः५५ बजे आक्रमण कार्वाही गर््यो। कार्वाहीको प्रारम्भीक चरणमा नै उत्पन्न प्राविधिक गडवडीका कारण कार्वाही स्थगित गरेर फर्कनु परे पनि उसको कमाण्डरको सफाया सहित थुप्रै क्षेती पुर््याउन हाम्रो जनमुक्ति सेनाको उक्त टुकडी सफल रहेको कुरा सार्वजनिक जानकारी गराउँदछौं। उक्त कार्वाहीमा शहादत प्राप्त गर्नुहुने निम्नअनुसारका कमरेडहरुलाई अमर शहीद घोषणा गर्दै यस योजना अवधीमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
अमर शहीदहरु– खिमबहादुर ओली (क विदुर) पीएल भीसी दार्माकोट– सल्यान, चित्रप्रसाद न्यौपाने (क.विमोचन) पिएल भिसि धैवु¨– ४ रसुवा, नरेश पुन (क.सूर्य) पिएल भिसि माँझकाँडा– सल्यान, धर्तीबहादुर मगर (क.रवी) सेक्सन कमाण्डर मदनपोखरा पाल्पा, शान्ती पाठक (क.अञ्जन) सेक्सन कमाण्डर शिखाम– स्या¨जा, शालिकराम चौधरी (क.सुवर्ण) सेक्सन कमाण्डर सौंडियार– दाङ, खगुलाल कुँवर (क.विकास) सेक्सन कमाण्डर प्यूठान, भद्रव बुढाथोकी (क.सम्भु) सेक्सन कमाण्डर स्यालपाखा– ४ रुकुम, ज्योति सुनार (क.प्रतिमा) सेक्सन कमाण्डर पाङराङ– ३ पर्वत, अमृता पुन मगर (क.जिविका) सेक्सन भिसि बुढागाउँ– ४ रोल्पा, श्यामकुमार तामाङ (क.भविश्य) सेक्सन भिसि खरानीटार– नुवाकोट, गणेश खनाल (क.समीर) सेक्सन भिसि देवीनगर– रुपन्देही।
२०६१ पुस ७
क.कान्छाबहादुर
संयोजक
जनसैन्य परिचालन संयोजन समिति
गण्डक क्षेत्र