2004-12-19 - press release - CPN-M२०६१-०९-०४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20932 अभिलेखालय सि. नं.: NCA-20932

जनमुक्ति सेना, नेपाल
पूर्वी डिभिजन हेडक्वार्टर

प्रेस वक्तव्य

जनमुक्ति सेना, नेपाल पूर्वी डिभिजन अन्तर्गतको वेथान स्मृति पाँचौ व्रिगेडका तेर््हौ, चौधौ र पन्ध्रौ वटालियनहरुद्वारा यही पौष ३ र ४ गते गरिएका फौजी कारवाहीहरुको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ।

हाम्रो पार्टीको रणनैतिक प्रत्याक्रमणको पहिलो योजना प्रवेशको युद्धमोर्चावाट घोषणाको रुपमा पौष ३ गते राजधानी काठमाडौको साँखु इलाका प्रहरी कार्यालयमा सानदार कमाण्डो आक्रमण गरी प्रहरी इन्स्पेक्टरसहित ५ जनाको सफाया र १५ थान राइफल, ४ वटा पेष्तोल, २ संचार सेटलगायत ३१ हतियार कब्जा भएको छ। यसरी नै ४ गते मध्यान्ह १२ वजे हेटौडा वजारमा रहेको इलाका प्रहरी कार्यालयमा साहसिक कमाण्डो आक्रमण गरी ७ थान राइफल कब्जा गरी प्रहरी चौकीलाई पूर्णरुपमा ध्वस्त वनाइएको छ। उक्त घटनामा हाम्रोतर्फ २ जना साथीहरु सामान्य घाइतेमात्र वन्नु भएको छ।

त्यस्तै उच्च गुणात्मक एवं सानदार चलायमान मोर्चावद्ध लडाइको रुपमा दोलखाको खरिढुंगावाट जनहत्यामा निस्केको हत्यारो शाही सेनाको जत्थामाथि सिन्धुपाल्चोक र दोलखाको सीमाक्षेत्रमा पर्ने मुढेमा सफल हमला गरिएको छ। आज विहान ११ वजे भएको सो हमलामा जमदारसहित शाही सेनाका १५ जनाको सफाया र दर्जनौलाई घाइते तुल्याइएको छ। सो कारवाहीवाट ८ थान इन्सास, १ थान एलएमजी, २ थान एसएलआर र १ थान एसएमजीसहित १२ अत्याधुनिक हतियार र हजारौ राउण्ड गोली कब्जा हुन आएको छ।

यसरी हिजो र आजका कारवाहीहरुवाट जम्मा वीसजना दुश्मनको सफाया र दर्जनौ घाइते, ५० थान हतियार र पाच हजार थानभन्दा बढी गोली कब्जासहित प्रत्याक्रमणको विजय यात्रा पूर्वी कमाण्डमा प्रारम्भ भएको छ। यसैक्रममा खरिढुंगा मोर्चामा कम्पनी सहायक कमिसार क.कृष्ण, प्लाटुन कमाण्डर क.जय र सेक्सन कमाण्डर कमरेड सुरेन्द्रले उच्च शहादत प्राप्त गर्नु भएको छ। उच्च शहादत प्राप्त गर्नु हुने महान् वीर शहीदहरुमा पूर्वी डिभिजन हेडक्वार्टरको तर्फवाट हार्दिक सम्मान र लाल सलाम † शोकाकुल शहीद परिवार एवं सहयोद्धाहरुमा हार्दिक समवेदना † घाइते कमरेडहरुको सीघ्र स्वास्थ्यलाभ तथा महान् जनमुक्ति सेनाका वीर योद्धाहरुप्रति हार्दिक वधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछौ। साथै आगामी प्रत्याक्रमणका उच्च एवं सिलसिलेवार मोर्चाहरुमा आम जनसमुदायको पूर्ण सहयोग एवं सदभावको हार्दिक अपेक्षा पनि गर्दछौं।

२०६१ पुष ४ गते

वादल
कमिसार
पूर्वी डिभिजन हेडक्वार्टर
जनमुक्ति सेना, नेपाल

अनन्त
कमाण्डर
पूर्वी डिभिजन हेडक्वार्टर
जनमुक्ति सेना, नेपाल