2004-12-17 - press release - CPN-M२०६१-०९-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20933 अभिलेखालय सि. नं.: NCA-20933

नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति

विषय ः प्रेस विज्ञप्ति

नेपाल अत्यन्त गम्भीर संकटवाट गुज्रीरहेको छ। देश र जनता राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको समस्याले छटपटिइरहेका छन्। दिनहुँ जसो कथित मुठभेठको नाममा निहत्था जनताको हत्याले धर्ती रगतले रंगिएको छ। माओवादी जनसेना संगको वास्तविक भिडन्तमा कसाही शाही अमेरिकी सेनाको सर्वनाक हार भएको छ। यसै परिवेसमा काठमाण्डौ उपत्यका लगायत देशैभरी व्याप्त निम्न समस्याहरु सामाधान गर्ने उद्देश्यले नेवा राष्टिय मुक्ति मोर्चा नेपाल यही पुष ५ र ६ गते दुई दिन काठमाण्डौ उपत्यकाभित्र सरकारी कार्यालयहरु र यातायात बन्दको कार्यक्रम घोषणा गर्दछ।

१. वेपत्ता पारिएका नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्यहरु बावुकाजी श्रेष्ठ, राजेन्द्र माली, अर्जुन महर्जन, भिम महर्जन तथा सदस्यहरु निश्चल नकर्मी, सुचिन्द्र श्रेष्ठ लगायत वेपत्ता पारिएका सवै विद्यार्थी मजदुर, किसान, महिला बुद्धिजीविहरुलाई सार्वजनिक र रिहाई गराउन हाम्रो मोर्चा लगायत विभिन्न संगठनहरुले पटक पटक आन्दोलन गर्दै आएको कुरा सर्वविधितै छ। हाम्रो संगठनले हाम्रा वेपत्तामा परेका साथिहरुको नामावली सुचि सार्वजनिक गर्दै आएको हो तर संघर्षबाट भयभित पुरानो सत्ताको गृहमन्त्रालयको सह—सचिवको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरिएको भनिएका सुचिहरुमा हाम्रा संगठनहरुले उल्लेख गरिएका एकजनाको पनि नाम रहेको छैन। उक्त समितिले वेपत्ता नागरिकहरुको नाम सार्वजनिक गर्ने नाममा पटक पटक गाईजात्राको मन्चन गर्दै आएको छ। यसको हामी घोर भत्र्सना र निन्दा गर्दै दलाल तथा सामान्ती निरंकुश पुरानो सत्ताद्धारा वेपत्ता पारिएका सबैलाई तुरुन्त सार्वजनिक एवं रिहाई गर्न हाम्रो मोर्चा जोडदार माग गर्दछ।

२. देशव्यापीरुपमा माओवादी दमन गर्ने नाममा निर्दोश र निहत्था जनताको शाही जल्लादहरुले कत्लेआम गर्दै आएका छन्। माओवादीलाई नैतिक सर्मथन गरेकै कारण उनीहरुलाई गिरफ्तार गरेर कथित मुठभेठको नाममा हत्या गर्दै आएको छ। काठमाण्डौ उपत्यकामा राति राति विना सुचना सिभिल पोशाकका शाही जल्लादहरुले छापामार्ने, गिरफ्तार गर्ने, बाटोमा हिडिरहेकाहरुलाई अपहरण गरी वेपत्ता पार्ने जस्ता निन्दनीय काम गर्दै आएका छन्। विश्वव्यपी रुपमा निन्दीत यस्तो क्रियाकलाप तुरुन्त रोक्न हाम्रो मोर्चा जोडदार माग गर्दछ।

३. मान्छे वेपत्ता बनाउने काम वैधानीक वनाउन निरंकुश राजतन्त्रको एमाले सहभागी रहेको खेताला सरकारले अध्यायदेश मार्फत आतंककारी तथा विध्वंसात्मक कार्य(नियन्त्रण तथा सजाय) अध्यादेश(टाडो)ल्याएर एक वर्षसम्म कसैलाई भेट्न नदीई गिरफ्तार गरेको जनाकारी समेत नदीइ राख्न पाउने कालो कानुन ल्याएको छ, जसको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा घोर निन्दा र भत्र्सना हुदै आएको छ। यस्तो कालो कानुन तुरुन्त खारेज गर्न हाम्रो मोर्चा जोडदार माग गर्दछ।

४. आज जनता झन झन गरिवीको मारमा पर्दै गएका छन् भने अर्कोतर्फ आफुलाई कम्युनिष्ट भन्ने एमाले सहभागी सरकारले पेट्रोलीयम पदार्थ, चिनी लगायत जनताका दैनिक अत्यावश्यक वस्तुहरुको मुल्य बृद्धि गरी जनताको ढाड सेक्ने र आफ्नो खल्ती भर्ने कार्य गर्दै आएको छ। यस्तो कार्यको निन्दा एवं भत्र्सना गदै मुल्यु वृद्धि अविलम्व नियन्त्रण गर्न र कालाबजारी तथा भष्टाचारीहरुलाई कडा कार्वाही गर्न हाम्रो मोर्चा जोडदार माग गर्दछ।

५. भारतीय विस्तारवाद आज अमेरिकी साम्राज्यवादसंगको मिलिभगतमा स्वाभिमानी नेपाली जनताहरुको छातीमा संगिन रोप्न, गोली ठोक्न र नेपालमाथि नियन्त्रण गर्न निरंकुश दलाल तथा सामान्ती सत्तासंग कुम जोडेर नेपाल पस्न खोज्दैछ। भारतीय विस्तारवादी हस्तक्षेपको विरुद्ध सबै देशभक्त नेपालीहरु एक भई लड्नु पर्ने स्थिति सृजना भएको छ र राष्ट्रिय आत्मसर्मपणवादी गद्यारहरुलाई गलहत्याएर देश निकाला गर्न सबै नेपालीहरु एकजुट भई संघर्षको लागि आगाडि बढ्न हाम्रो मोर्चा आग्रह गर्दछ।

६. बहुसंख्यक उत्पीडित आदीवासी, जाति÷जनजातिहरु रहेको देशमा अल्पसंख्यक खस बाहुनवादी सत्ताले अरु जातिमाथि उत्पीडन गर्दै आएको छ। त्यसैले दलाल तथा सामान्ती राजतन्त्रको समुल नष्ट गरेर गणतन्त्रात्मक नेपालमा आत्मनिर्णयको अधिकारको ग्यारेन्टी सहित जातिय स्वशासनको स्थापना गर्नु सम्पुर्ण उत्पीडित जाति÷जनजातीहरुको लागि अनिवार्य भएको छ। काठमाण्डौ उपत्यकामा नेवार स्वशासित क्षेत्र स्थापना गर्नका खातिर नेवारहरुलागायत सबै जनतालाई सशक्त ढंगले आन्दोलनमा उत्रन हाम्रो मोर्चा आग्रह गर्दछ।

७. यी सबै समस्याहरुको शान्तिपूर्ण समाधानको लागि सर्बपक्षीय सम्मेलन, अन्तरीम सरकार र संविधानसभाको चुनाव अनिवार्य छ। आज देश पुरै संविधानसभाको पक्षमा गइसकेको छ। यस प्रक्रियामा जान सबैभन्दा पहिला भरपर्दो अन्र्तराष्ट्रिय मध्यस्थकर्ताको सहभागितामा शान्तिवार्ताे हुनु पर्दछ। सर्वप्रथम यसको लागि वार्ताको वातावरण पुरानो सत्ताले नै तयार पार्नु पर्दछ र उसले आफ्ना कपटपुर्ण चालबाजी तुरुन्त बन्द गर्नुपर्दछ।

यी सात बुंदे मागहरुलाई पूरा गराउन हाम्रो मोर्चा प्रथम चरणको संघर्षको रुपमा पुष ५र ६ गते सरकारी कार्यालयहरु र यातायात बन्दको आह्वान गर्दछ। यसवाट पनि माग पूरा नभए अझ सशक्त कार्यक्रम घोषणा गर्ने चेतावनी यसै वक्तव्यद्धारा दिइन्छ। यस कार्यक्रमलाई सफल पार्न सबै कर्मचारी, मजदुर, विद्यार्थी, व्यापारी, व्यवसायी, बुद्धिजीवी लगायत सम्पूर्ण जनसमुदायलाई सदा झै सहयोग र समर्थन गर्न हार्दिक अपिल गर्दछ।

मितिः— २०६१।९।२गते

पवनमान श्रेष्ठ
अध्यक्ष
केन्द्रीय समिति, नेवाः राष्ट्रिय मुक्ति मोर्चा