2004-12-16 - press release - CPN-M२०६१-०९-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20934 अभिलेखालय सि. नं.: NCA-20934

प्रेस वक्तब्य

हालै नेपालको भ्रमण गरी फर्किएको युरोपियन यूनियनको प्रतिनिधि मण्डलका सार्वजनिक अभिब्यक्तिप्रति हाम्रँे पार्टीको ध्यान गम्भीर रुपले आकर्षित भएको छ। पूरानो सामन्ती सत्ता र शाही सेनाका प्रतिनिधिहरुको एकपक्षीय कुरा सुनेर युरोपियन यूनियन जस्तो जिम्मेवार अन्तराष्ट्रिय समुदायबाट प्रजातन्त्रको पूर्णःताको निमित्त संघर्षरत हाम्रँे पार्टीको विरुद्ध एकांकी र गैरजिम्मेवारपूर्ण अभिब्यक्ति हाम्रँ लागी नितान्त अनपेक्षित थियो। हत्या, लुट, बलात्कार जस्ता जघन्य अपराधमा कुख्यात र नागरिकहरुलाई बेपत्ता पारी मानवअधिकारको खिल्ली उडाउने काममा विश्व रेकर्ड कायम गरेको पूरानो सत्ताको सैनिक अधिनायकवादलाई चोख्याएर प्रतिनिधि मण्डलले नेपालमा कस्तो शान्तिको अपेक्षा गरेको हो हामीले बुझ्न सकेका छैनौ। भरपर्दाे अन्तराष्टिय मध्यस्थता र संविधानसभाको निर्वाचन जस्तो हाम्रँे सर्वमान्य प्रजातान्त्रिक माग तथा प्रतिगमनको विरुद्ध आन्दोलनरत राजनैतिक दलहरुको मर्मलाई पुरै बेवास्ता गरेर प्रतिनिधि मण्डलले नेपाली जनताको भाबनामा गहिरो ठेस पुर्याउने काम गरेको देख्दा हामीले आश्चर्य मानेका छौ। यदि प्रतिनिधि मण्डलले हाम्रँे पार्टी, आन्दोलन र राजनैतिक दल र आम नेपाली जनतालाई सामन्ती निरंकुश तन्त्रका अगाडि आत्मसमर्पन गराउन खोजेको हो भने त्यो अपेक्षा कहिल्यै पूरा हुने छैन। हामी नेपाली जनताको सार्वभौम हितलाई सर्वोेपरी राखी गृह युद्धको समाधानमा युरोपीयन यूनियनबाट सन्तुलित र सकारात्मक भुमिकाको अपेक्षा गर्दछौ र त्यसका निमित्त सबै प्रकारको सहयोग गर्न तयार छौ।

२०६१/९/१

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी) केन्द्रीय समिति