2004-12-15 - press release - CPN-M२०६१-०८-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20935 अभिलेखालय सि. नं.: NCA-20935

प्रेस वक्तव्य

आदरणीय जनसमुदाय, हाम्रो महान् तथा गौरवशाली पार्टी ने.क.पा.(माओवादी)को नेतृत्वमा नेपाली जनताले सञ्चालन गरेको जनयुद्ध रक्षा र सन्तुलनको चरणहरु पार गरेर रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरी वीरतापूर्वक अगाडि बढिरहेको छ। रणनैतिक प्रत्याक्रमणको चरण जनयुद्धको समग्र विकासमा अन्तिम, निर्णायक र महत्वपूर्ण चरण हो। हाम्रो पार्टीको केन्द्रीय समितिको गत श्रावणमा सम्पन्न बैठकले गरेका निर्णयहरु अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनैतिक रंगमञ्चमा तरंग पैदा गरेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका जनपरिचालनले राजनैतिक हस्तक्षेपको प्रक्रिया तीव्र बन्दै गएको छ। माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथलाई नयाँ स्तरमा स्थापित गरेको छ। भारतीय विस्तारवादका विरुद्ध चौतर्फी आक्रमण केन्द्रित गर्ने निर्णयले सि¨ो देश एकताबद्ध हुने प्रक्रिया घनिभूत भइरहेको छ। संभावित हस्तक्षेपका विरुद्ध प्रतिरोधका लागि आम जनसमुदाय मानसिक र भौतिक रुपले समेत तयार हुँदै गएका छन्। जनयुद्धको गुणात्मक विकासको प्रक्रिया अगाडि बढ्दै जाने प्रक्रियामा देशी–विदेशी प्रतिक्रियावादीहरु नयाँ–नयाँ षडयन्त्रका तानवाना बुन्न सक्रिय भएका छन्। देशीय सामन्तवादको नाइके ज्ञानेन्द्र शाही चरम अकर्मण्यतावादको स्थितिबाट भयानक मूर्खता र राष्ट्रिय गद्दारीको बाटोमा उद्दत भइरहेका्े छ। देशको यो संवेदनशील स्थितिमा सि¨ो देश जुरुक्क उठेर प्रतिरोध नगर्ने हो भने देशको अस्तिव्त समाप्त हुने खतरा दिन प्रतिदिन बढिरहेको छ। अतः देशी–विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्रलाई चकनाचुर पार्न, वैदेशिक हस्तक्षेपलाई रोक्न, सामन्ती प्रतिगमलाई रोक्न, सैनिकीकरणको प्रक्रियालाई अन्त्य गर्न, शाही जल्लादहरुद्वारा भइरहेको नरसंहारलाई रोक्न सम्पूर्ण जनपक्षीय शक्ति एकजुट भएर संघर्षको आँधीबेहरी श्रृष्टि गर्नुबाहेक अर्को विकल्प वाँकी रहेको छैन।

रणनैतिक प्रत्याक्रमणको पहिलो योजनाको फौजी कार्वाहीको शुरुवात पश्चिम कमाण्ड र मध्य कमाण्डले शानदार ढंगले गरिसकेको छन्। पूर्वी केन्द्रीय कमाण्ड र पूर्वी डिभिजनको बैठकले निर्देशन गरेअनुसार यस वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समितिले जनपरिचालन, जनसंघर्ष र फौजी संघर्षका योजना तथा कार्यक्रमहरु तयार पारेको छ। उपरोक्त कार्यहरुको कार्यान्वयन प्रक्रिया निकट भविष्यमा शुरु हुने कुरा आम जनसमुदायमा सुनाउन पाउँदा हामीलाई खुशी लागेको छ। निश्चय पनि रणनैतिक प्रत्याक्रमणको यो योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढ्दै जाँदा आम जनसमुदायको अझै बढी समर्थन, अझ बढी सहयोग र त्यागको खाँचो पर्दछ। हामीलाई विश्वास छ, विगतमा झैं आम जनसमुदायबाट हरप्रकारका सहयोग प्राप्त हुनेछ। यसै सन्दर्भमा सर्वहारा वर्गका महान् नेता क.स्टालिनको १२६ औं जन्मदिवसको अवसरमा यही पुस ५ र ६ गते जनसंघर्ष र फौजी संघर्षका विभिन्न कार्यक्रमहरु बनाउँदै संघर्षका रुपमा मनाउन आम पार्टी पंक्ति, जनमुक्ति सेना, जनसत्ता, मोर्चा र जवस लगायत सम्पूर्ण जनसमुदायमा संयोजन समिति हार्दिक अपील गर्दछ।

३० मंसिर २०६१

कञ्चन
इन्चार्ज तथा संयोजक
वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समिति,
ने.क.पा.(माओवादी), पूर्वी कमाण्ड