2004-12-15 - press release - CPN-M२०६१-०८-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20924 अभिलेखालय सि. नं.: NCA-20924

जनमुक्ति सेना नेपाल
मंगलसेन प्रथम ब्रिगेड, मध्य केन्द्रीय कमाण्ड
नेपाल कम्युनिष पार्टी (माओवादी)

विषय ः– अर्घाखाँची, मधुडाँडा फौजी कार्वाहीको वक्तव्य

अमेरिकी साम्रँज्यवादको टाउको र भारतीय विस्तारवादको खुट्टाले लगाएको सामन्ती नोकरशाही ज्ञानेन्द्रको सत्ता उत्पीडित जनतामाथि सैन्य बल प्रयोगगरी देशमा रगतको खोलो बगाएर टिकाउन दिन रात कथित शाही अमेरिकी सेना परिचालन गरिरहेको छ। विस्तरवादी भारतीय सेनालाई भिœयाउन ठूलो कसरत गरिरहेको छ। नेपाली जनता र महान् एवं हाम्रो गौरवशाली पार्टी जनमुक्ति सेनाको क्रान्तिकारी विचार, अथक त्याग, बलिदानले पुरानो सत्तालाई किनारा लगाउँदै अन्तिम र केन्द्रीय सत्ता कब्जाको प्रक्रियामा सफलता हासिल गर्दै अगाडि बढिरहेको छ। रणनैतिक प्रत्याक्रमणको पहिलो योजना अन्तर्गत विकेन्द्रीत छापामार कार्वाहीको क्रममा आफूलाई स्वोघोसित शक्तिशाली खोल ओडेको शाही अमेरिकी सेना, अप्रेशनको क्रममा आज बिहान मंगलसेन फस्ट ब्रिगेड अन्तरगतको एस.टी.एफ. ले आक्रमण गर्दा उच्च सफलता हासिल गरेको छ भने दुश्मनलाई क्षेतविक्षत बनाई पुरानो सत्ताको पराजयको पराकाष्ट पुष्टि भएको छ।

आक्रमणको क्रममा दुश्मनबाट डज्ञःः तोप एक थान र सोको गोला १० ओटा, इन्सास एल.एम.जी. दुई थान र म्याग्जीन ३० थान, इन्सास राइफल ४ थान र सोको म्याग्जीन ३० थान, एस.एल.आर. राइफल १६ थान र सोको म्याग्जीन, एस.एम.जी. २ थान सहित १०सौं हजार गोली, एम ३६ ग्रिनेट ६० वटा, संचार सेट १ थान र जि.पी.एम.जी.को ट्राइपुट १ थान, बाइनाकुलर १ थान र माइनहरु लगायत थुपै्र युद्ध सामग्रीहरुकोसाथै ५०सौं झोलाहरु कब्जा भएको छ। दुश्मन तर्फ २५ जनाभन्दा बढी मरेका छन् भने दर्जनौं घायल भएका छन्। जीवनभित्र मृत्यु खोज्ने २१औं शताब्दीको विर योद्धा जनमुक्ति सेनातर्फ एक जनाले उच्च शहादत प्राप्त गर्नुभएको छ भने ६ जना कमरेडहरु सामान्य घाइते हुनुभएको छ। उच्च उपलब्धी हासिल गर्नकोलागि शहादत प्राप्त गर्नुहुने कमरेडप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते कमरेडहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। पार्टीको नीति र योजना पूरा गर्न मृत्युलाई जितेर सफलता हासिल गर्ने महान् भूमिका निर्वाह गर्नुहुने सहयोद्धा सम्पूर्ण जनसेनाको कमरेडहरु तथा पार्टीपंक्ति तथा आम जनसमुदायहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। धन्यवाद।

विवेक
ब्रिगेड कमाण्डर
तथा कार्बाही कमिसार

सुनिल
ससिएम, ब्रिगेड कमिसार
तथाकार्वाही कमिसार

मिति २०६१ मार्ग ३०