2004-11-17 - press release - CPN-M२०६१-०८-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20939 अभिलेखालय सि. नं.: NCA-20939

जनमुक्ति सेना नेपाल
मध्य डिभिजन
वासुस्मृति चौथो ब्रिगेडद्वारा जारी
प्रेस वक्तव्य

हालै हाम्रो गौरबशाली पार्टी ने.क. पा.(माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठकले निर्णय गरेको योजना मध्य डिभिजन कार्यालयको निर्देशन अनुसार २०६१ मार्ग १ गते पृथ्बी राजमार्गमा पर्ने धादिङ जिल्लाको कृष्णभीरमा हाम्रो वासुस्मृति चौथो ब्रिगेडको एउटा टुकडिले मोटर एम्बुसको कार्वाही सानदार ढंङ्गले सफल पारेको छ। वेथानस्मृति पाँचौ ब्रिगेडको पनि एक सेक्सन बराबरको जनशक्ति सहभागी भएको यस कृष्णभीर मोटर एम्वुस कार्बाही मार्ग १ गते बिहान ८ ः १५ बाट सुरु भई करिब डेढ घण्टामा कथित सुरक्षा फौजको अत्याधुनिक एउटा गाडी पूर्णरुपमा कब्जामा लिएर सम्पूर्ण युद्ध सामग्री सीजगरी गाडि जलाएर ध्वस्त पारी समाप्त पारिएको छ।

कथित सुरक्षाफौजका चारवटा अत्याधुनिक गाडीमा आएको शाही अमेरिकी सेना मध्य दुई वटामा आएकालाई ब्लक गरी उक्त कार्बाही सानदार ढङ्गले सफल पारिएको छ। यस कार्बाहीलाई सफल पार्ने क्रममा हाम्रो ब्रिगेड १० नं. बटालिएन वी कम्पनीका कमाण्डर रुपलाल वली (क.लखन) को वीरतापूर्ण उच्च शहादत भएको छ। हाम्रो ब्रिगेड उहाँलाई वीर सहिद घोषणा गर्दै उहाँप्रति उच्च सम्मानकासाथ भावपूर्ण श्रद्धाञ्वली र लालसलाम अर्पण गर्दछ। यस घडिमा हामी उहाँको परिवार, आफन्तजन, १० नं. वटालिएन परिवार लगायत सबैमा हार्दिक समवेदना प्रकट गर्दछौँ र, वर्ग वैरीका बिरुद्ध घृणा र आक्रोस व्यक्त गर्न हार्दिक अनुरोध गर्दछौँ।

ब्रिगेड कमिसार क.उत्तम, सहायक कमिसार क. कुमार, ब्रिगेड कमाण्डर क.प्रतिक्षा, ब्रिगेड भि.सि. क. बसन्तको प्रत्यक्ष कमिसारियट तथा कमाण्डिङ्गमा सानदार ढङ्गले सफल भएको यस मोटर एम्वुसबाट जनमुक्ति सेनाले एक थान टु इञ्च मोर्टार र सो को १५ थान शेल, आठ थान इन्सास राइफल, दुई थान क्ःन्क थान, पाँच हजार भन्दा बढी बिभिन्न हतियारका गोलीहरु, विभिन्न म्यग्जीनहरु लगायत उक्त गाडीमा भएका सम्पूर्ण युद्ध सामग्रीहरु प्राप्त गरेको छ। उक्त कार्बाहीमा भएको दाहोरो भिडन्तको क्रममा करिब एक दर्जन शाही अमेरीकन सेनाको सफाया भएको छ, दर्जनौ नदीमा हामफालेर वेपत्ता भएका छन् भने आत्मसमर्पण गरेकालाई सुरक्षितसंग जनमुक्ति सेनामा ल्याएर पत्रकार जिम्मा लगाई छाडिएको छ।

हाम्रो टुकुडि कार्बाही सकेर कार्बाही स्थलबाट हिंडेपछि दिनभरी हेलिकोप्टर र जमीनबाट कथित सुरक्षा फौजले अन्धाधुन्ध गोली फायर गरि रहे पनि कार्बाहीमा संलग्न हाम्रो सम्पूर्ण टोली फिर्ता भई सकुशल रहेको छ। पार्टी, सेना, सत्ता र जनसमुदायको युनिफाइड कमाण्डमा सानदार ढ्गले सफल भई सम्पन्न भएको यस कार्बाहीलाई सफल पार्न महत्वपूर्ण सुझाव र निर्देशन दिने हाम्रो मध्य डिभिजन कार्यालय प्रति हार्दिक आभार प्रकट गर्दछ। र अहोरात्र यस काममा खट्नु हुने पार्टी पंक्ति हाम्रो ब्रिगेडका कमरेडहरु पाचौं ब्रिगेडका कमरेडहरु र नयाँ सत्ताका कमरेडहरु, न्यायप्रेमी आम जनसमुदाय लगायत सबैमा हाम्रो ब्रिगेडको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। र, आगामी दिनमा पनि माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको निर्देशन अनुसार पार्टीले लिएका हरेक निर्णयहरुलाई दृढतापूर्वक पूरा गर्ने र महान् वीर शहीद क.लखन लगायतका शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता दोहर््याउँछौं।

उत्तम
कमिसार
वासुस्मृति चौथो ब्रिगेड

प्रतिक्षा
(कमाण्डर)
वासुस्मृति चौथो ब्रिगेड

मिति ः २०६१ मंसीर २