2004-08-24 - press release - CPN-M२०६१-०५-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20943 अभिलेखालय सि. नं.: NCA-20943

विश्व मजदुरहरु एक हौं । मार्क्सवाद–लेलिनवाद–माओवाद र प्रचण्डपथ–जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
संयुक्त जिल्ला समिति

मितिः २०६१।५।८

च.नं./L.N.
प.सं./Ref.N0.

श्री..............................................

संयुक्त प्रेसवक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का संयुक्त जिल्ला समिति मकवानपुर, धादिंग, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जिल्ला जनसरकारले संयुक्त रुपमा बेपत्ता पारिएकालाई सार्वजनिक गरिनु पर्ने तथा आस्थाका बन्दीहरुलाई रिहा गरिनु पर्ने र धादिंंगको गुम्दी हत्याकाण्ड लगायत विभिन्न स्थानहरुमा भएका हत्याकाण्डको छानविन गरि दोषि माथि कार्वाही गरिनु पर्ने माग राखेर २०६१ साल भाद्र २ गते मकवानपुर, धादिंग, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा गरेको अनिश्चितकालिन यातायात बन्द नागरिक समाज, मानव अधिकारवादी, बुद्धिजीवी, ब्यापारीहरुको अनुरोधलाई ध्यान दिंंदै भाद्र ९ गते देखि लागु हुने गरि सो जिल्लाहरुमा गरेका यातायात बन्द १ महिनाको लागि स्थगित गरिएको यसै प्रेस बक्तब्य मार्फत जानकारी गराइन्छ । हाम्रो मागलाई बेवास्ता गरिएमा यो भन्दा कडा कार्यकर्म ल्याउन बाध्य हुनेछौं ।

सुवास तामाङ
प्रमुख
जिल्ला जनसरकार, धादिंग

क्षितिज
सेक्रेटरी
धादिंग+नुवाकोट+रसुवा
संयुक्त जिल्ला समिति

रजमान तामाङ
प्रमुख
जिल्ला जनसरकार, नुवाकोट

छिन्तु
सेक्रेटरी
नुवाकोट+रसुवा+सिन्धुपाल्चोक
संयुक्त जिल्ला समिति

काजिमान तामाङ
प्रमुख
जिल्ला जनसरकार, रसुवा

रमण
सेक्रेटरी
मकवानपुर+धादिंग
संयुक्त जिल्ला समिति