2004-08-21 - press release - CPN-M२०६१-०५-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20945 अभिलेखालय सि. नं.: NCA-20945

जनमुक्ति सेना, नेपाल
उपत्यका विशेष कार्यदल

मिति ः– २०६१/५/५

विषय ः– प्रेश विज्ञप्ती

२०६१ भाद्र ४ गते डिल्लीबजारमा रहेको जिल्ला मालपोत कार्यालयमा जनमुक्ति सेना, नेपालका छापामारहरुले बम राख्न जाँदा कार्यालयको सुरक्षार्थ खटिएको प्रहरी जवान टोप बहादुर बुढाले अवरोध श्रृजना गरेकोले निज ब्यक्ति माथि आक्रमण गर्नुका साथै मालपोत कार्यालयमा बम विस्फोट गराई ध्वस्त गराइएको छ।
२०६१ भाद्र ४ गते भक्तपुरको कौशलटार चोकमा रहेको प्रहरीको बीटमा बम विस्फोट गराई ध्वस्त गराएको छ।
२०६१ भाद्र ५ गते काठमाण्डौंको चावहिल स्थित गोपी कृष्ण हल अगाडी प्रहरी सहायक निरिक्षक पृथ्वी बहादुर सिंह माथि आक्रमण गर्दा घटनास्थलमै निजको मृत्यु भएको छ।
यी सम्पुर्ण कार्वाहीहरुको जिम्मेवारी यसै प्रेश विज्ञप्ती मार्फत लिएको जानकारी गराइन्छ।

भिषण
कमाण्डर
उपत्यका विशेष कार्यदल
जनमुक्ति सेना, नेपाल