2004-08-21 - press release - CPN-M२०६१-०५-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20944 अभिलेखालय सि. नं.: NCA-20944

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
पश्चिम केन्द्रीय कमाण्ड

प्रेस वक्तव्य

केही दिन अघि रेडियो नेपालका दैलेख संवादाता डेकेन्द्रराज थापाको घटना संबन्धमा हाम्रो ध्यान आकर्षित भएको छ। प्राप्त तथ्यहरु अनुसार निज डेकेन्द्रराज थापाले पत्रकारिताको पेसामाथि नै कलंक लगाउदै जनसमुदाय विरुद्ध सुराकी गर्दै कयौं जनताको हत्या गराएको स्पष्ट देखिएको छ। तर पनि हाम्रो पार्टीको केन्द्रीय नीति भनेको कुनै पनि पत्रकारले त्यस्तो गंभीर अपराध गरे पनि गिरफ्तारी गर्ने, तर ज्यान सजाय नदिने भन्ने नै हो त्यस घटना पार्टीको केन्द्रीय नीति विपरित हुन गएकोले त्यस बारे थप गंभीर अनुसन्धान गर्न संबन्धित कमिटिलाई निर्देशित गरिएको छ र हाम्रो नीति विपरित भएको त्यस घटना प्रति आत्माआलोचित हुदै आगामी दिनमा त्यस्तो घटना दोहोरिन नदिन पुनः प्रतिवद्धता व्यक्त गर्दछौ। साथै कुनै पनि सुराकीले पत्रकारिताको पेसाको खोलमा गंभीर अपराध गरे पनि त्यसलाई कब्जामा लिएर पत्रकार समुदायको सल्लाह र सहमतिमा मात्रै न्यायोचित सजाय दिइने छ।

मितिः– २०६१/५/५

दिवाकर
इन्चार्ज
पश्चिम केन्द्रीय कमाण्ड
ने.क.पा. (माओवादी)