2004-08-15 - press release - CPN-M२०६१-०४-३१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20948 अभिलेखालय सि. नं.: NCA-20948

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति ः २०६१/४/३१

आम विद्यार्थीको राजनीतिक तथा शैक्षिक अधिकारका साथै राष्ट्रियता, जनतन्त्र र जनविकासको सवालमा हाम्रो संगठन अनेरास्ववियु (क्रान्तिकारी) बलिदानी पूर्ण र प्रभावकारी रुपमा शैक्षिक आन्दोलनको नेतृत्व गरिरहेको तथ्य सर्वविधितै छ।

भखरै मात्र आफूलाई जनप्रतिनिधि भन्न रुचाउने सरकारले महंगीको चपेटामा परेका जनतामाथि विस्तारवादी तथा साम्राज्यवादीहरुको इसारामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने र विद्यार्थीहरुलाई मट्टितेलमा दिँदै आएको सहुलियतसमेत कटौटी गर्ने निर्णय गरेर चर्काे आर्थिक भार थोपरेकोछ। कालाबजारी, तस्कर र भ्रष्टहरुको संरक्षण गर्दै जनतामाथि आर्थिक भार थोपर्न गरिएको यो मूल्य वृद्धिको निर्णयप्रति संगठन खेद व्यक्त गर्दछ।

न्याय र स्वतन्त्रताको लडाई लडिरहेका जनसमुदायलाई दमन गर्न व्यवस्था गरिएको बजेट कटौति गरेर भोकमारीले पिल्सिएका जनतालाई रात उपलब्ध गराउन छाडेर उल्टै आर्थिक बोज थोपर्ने यस्ता निर्णयले सरकारको जनविरोधी प्रतिगामी चेहरालाई झनै उदांगो पारेको छ। संगठन यस्ता जनतामारा सरकारी निर्णयको विरुद्धमा प्रभावकारी संघर्षको तयारीमा जुटिरहेको छ। सशक्त प्रकारको संयुक्त आन्दोलनको तागतमा मात्रै जनविरोधी सत्तालाई जनताको अगाडि घुडा टेकाउन सकिन्छ भन्ने हाम्रो दृढ मान्यता छ। यसर्थ यसलाई साझा मुद्दा बनाएर संयुक्त आन्दोलनको आँधिबेहरी सृष्टि गर्ने दिशामा अगाडि बढ्न संगठन सम्पूर्ण विद्यार्थी संगठनलगायत सम्पूर्ण जनसमुदायलाई हार्दिक आग्रह गर्दछ।

अध्यक्ष
लेखनाथ न्यौपाने
अनेरास्ववियु (क्रान्तिकारी)