2004-07-20 - press release - CPN-M२०६१-०४-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20949 अभिलेखालय सि. नं.: NCA-20949

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको (प्रेस बक्तब्य)

देशब्यापी रुपमा चलाएको शाही सेनाको हत्या हिंसाको बढ्दो श्रृंखला, हाम्रँे पार्टी र जनयुद्धका विरुद्ध चलाइएको सुनियोजित एवम् षड्यन्त्रमुलक प्रचारबाजी, सामन्ती सत्तालाई सुदृढ गर्ने सरकारी बजेट नीति आदिले राजाको निरकुंश एवम् सैनिक अधिनायकवादलाई झनै संस्थागत गर्ने सरकारी नियतलाई मात्र प्रमाणित गरिरहेको छ।

विगत वार्ताकालमा सरकारको राजनैतिक अकर्मण्यता, बेइमानी, धुत्र्याइ र विश्वासघातको अनुभव र वर्तमान सरकारको स्वरुप, हैसियत, नियत र रवैयाले तत्काल युद्धविराम र वार्ताको कुनै सम्भावना हामीले देखिरहेका छैनौ। अमुर्त र भ्रमपूर्ण सरकारी प्रचार तथा पुरानै संविधानभित्र निकासको सरकारी हठताले पुरानो सत्ताको षड्यन्त्र र बदनियतलाई मात्र संकेत गर्दछ। यसले मुलुकलाई गुमराह पार्ने र थप अन्योलता पैदा गर्ने काम मात्र गरिरहेको छ।

संविधानसभाद्धारा सहज र शान्तिपूर्ण राजनैतिक निकास दिने र त्यसका लागि सयुक्त राष्ट्र संघको मध्यस्थता वा उपस्थिति वा सहयोगमा वार्ता गर्ने कुरामा हामी अहिले पनि प्रतिबद्ध छौ। संविधान सभाको पक्षमा देखिएको बढ्दो जनमतलाई लत्याउनुले देशी तथा बिदेशी शक्ति केन्द्रहरुको भयकंर षड्यन्त्रलाई मात्र प्रष्ट्याइरहेको छ। यस्तो अवस्थामा वास्तविक अर्थको शान्ति र प्रगतिका लागि नेपाली जनताले अघि बढाइरहेको क्रान्तिकारी प्रकृयालाई हरतरहले अझै समृद्ध गर्नु सिवाय अर्काे विकल्प देखिदैन।

मिति २०६१ श्रावन ५

.........................
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)