2004-07-18 - press release - CPN-M२०६१-०४-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20950 अभिलेखालय सि. नं.: NCA-20950

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको (प्रेस बक्तब्य)

हालै केही भारतीय तथा नेपाली पत्रपत्रिकाहरुमा माओवादी कम्युनिष्ट केन्द्र (भारत) सँग हाम्रो पार्टीसमेत संलग्न रही सीमा क्षेत्रमा संयुक्त कारवाही गरेको भन्ने तथा हाम्रो पार्टीबाट भारतीय विमान अपहरणको खतरा रहेको भन्ने जस्ता उत्तेजनात्मक र कपोलकल्पित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सर्वप्रथमतः यस्ता घटनाप्रति हाम्रो कुनै संलग्नता नरहेको स्पष्ट गर्दछौं। हाम्रो पार्टीको योजना र जानकारीभन्दा बाहिरका यस्ता विल्कुल झुट्टा र मिथ्या प्रचारद्वारा अनावश्यक उत्तेजना फैलाउने कामले देशी तथा विदेशी प्रतिक्रियावादीहरुको नेपाल, नेपाली जनता र जनयुद्धका विरुद्धको गंभीर षडयन्त्रलाई मात्र संकेत गर्दछ।

यसप्रकारको षडयन्त्रप्रति सचेत रहन तथा झुट्टा प्रचारबाट भ्रममुक्त हुन हामी सबै देशभक्त, प्रगतिशील तथा जनवादी शक्तिहरुसँग अपील गर्दछौं।

कृष्णबहादुर महरा
प्रवक्ता
नेपाल कम्युनिष्ट (माओवादी)
३ श्राबण २०६१