2004-07-06 - press release - CPN-M२०६१-०३-२२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20963 अभिलेखालय सि. नं.: NCA-20963

विश्व मजदुरहरु एक हौं। मार्क्सवाद–लेलिनवाद–माओवाद र प्रचण्डपथ–जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
विशेष संगठन समिति काठमाण्डांै
Special Organizing Committee Kathmandu

मितिः– २०६१।३।२२

च.नं.\L.N.
प.सं.\Ref.N0.
श्री..............................................

प्रेसवक्तव्य

हाम्रो पार्टीका जनमुक्ति सेनाले मिति २०६१–३–२२ गते विहान १०ः३० बजे काठमाण्डौं टेकु स्थित महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष महेशमान श्रेष्ठ माथि भौतिक कार्वाही गरिएको छ। निज ब्यक्तिले केही समय अगाडि सार्वजनिक रुपमा राजिनामा दिएको भनि नाटक गरि भित्र भित्रै पुरानो प्रतिक्रियावादी सत्ताको पक्षपोषण गर्दै वडा कार्यालयको काम गर्दै आईरहेकोमा बाराम्बार त्यसो नर्गन सचेत गराउँदा गराउँदै पनि हाम्रो अनुरोधलाई बेवास्ता गरिएकाले उहाँ माथि भौतिक कार्वाही गरिएको छ। यसरी राजिनामा गरि सकेका अवैधानिक ब्यक्तिहरुले पुनः वडा कार्यालयको काम नगर्न पनि अरु पदाधिकारीहरुलाई यसै बक्तब्य मार्फत चेतावनी दिन चहान्छौं। यसरी अवैधानीक ब्यक्तिहरु मार्फत काम नगर्न र नगराउँन पनि आमजनसमुदायहरुमा अनुरोध गर्दछौं।

आज विहान जनपद प्रहरीको क्षेत्रिय कार्यालयमा कार्यरत डि.एस.पी. उत्तम बहादुर कार्की माथि गरिएको भौतिक कार्वाहीको जिम्मेवारी हाम्रो पार्टीले लिन्छौं।

प्रशान्त
संयोजक