2004-06-21 - press release - CPN-M२०६१-०३-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20994 अभिलेखालय सि. नं.: NCA-20994

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
Newar National Liberation Front, Nepal
केन्द्रिय कार्यकारिणी समिति
Central Working Committee

न्हि ल्याः ः– ने.सं.११२४ तछलागा तृतीया
(२०६१/३/७)

पौ ल्याः ः–
भाजु/मय्जु......................................

मू खँः– प्रेस बक्तब्य

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका काठमाण्डौं जिल्ला संयोजक क.शैलेन्द्र मास्केलाई मिति २०६१–२–५ गते शनिबार कपनबाट गिरफ्तार गरी बेपत्तँ पारिएको छ। फासिष्ट निरंकुश सामन्ती राज्यसत्ताद्वारा विविध समयमा गिरफ्तार गरी बेपत्तँ पारिएका र झुठो मुद्दा खेपिरहेका क्रान्तिकारी राजबन्दीहरुका परिवारसंग भेटघाट र छलफल गर्न गैइरहेको र “बेपत्ता पारिएका परिवारजन कमिटि”ले २०६१–३–७ गते ३ बजे प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहयोगको निम्ति जाने क्रममा प्रतिक्रियावादी सत्ताका पाल्तु शाही अमेरिकी सेनाहरुले उहाँलाई गिरफ्तार गरी बेपत्ता बनाएकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल घोर भत्सर्ना गर्दछ। साथै यथासिघ्र सार्वजनिक तथा रिहाईको माग पनि गर्दछौं। उहाँको जीवन रक्षा, सार्वजनिक तथा रिहाईको लागि सम्पुर्ण मानवअधिकारबादी संघ–संस्था, पत्रकार, नागरिक समाज तथा विभिन्न संघ–संस्थाहरुमा सहयोगको लागि हार्दिक अनुरोध पनि गर्दछौं।

“बेपत्ता पारिएका परिवारजनको समिति” का संयोजक तथा हाल सम्म बेपत्ता पारिएका क.निश्चल नकर्मीका बुबा सुर्य बहादुर नकर्मीलाई गिरफ्तार गरेको छ। एउटा बन्दीका बुबाका नाता र छोराको रिहाईको लागि बैधानिक कानुनी प्रक्रिया अनुसार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र दिने कार्यक्रमको निम्ति लागिरहेकै आधारमा उहाँलाई यसरी गिरफ्तार गरेकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल घोर भत्सर्ना एवं आपत्ति जनाउँदछ।

अध्यक्ष (नायः)
पवन श्रेष्ठ
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल