Archive ref no: NCA-20993
”संसारका मजदुर एक हौं ”
अखिल नेपाल ट्रेड यूनियन महाासंघमिति ः ०६१/३/४
च.नं./Ref/No.
प्रेस विज्ञप्ती
हाम्रो संगठन अखिल नेपाल ट्रेडयुनियन महाँसंघले नेपाली मजदुरहरूले भोग्नु परेको राजनैतिक, राजगारी संग सम्वन्धीत आर्थिक लगाएतका विभिन्न मागहरू लिएर विगत देखी नै निरन्तर आन्दोलन गर्दै आएको कुरा अवगत नै छ।
तैपनि अहिले सम्म नत यहाँको प्रतिकृयावादी सरकारले मजदुरका मागहरू पुरागरेको छ, नत उद्योग व्यवसाइहरूले मजदुरहरूको पेशा तथा रोजगारी सम्वन्धी मागहरू पुरा गरेका छन्। तसर्थ हाम्रो संगठन माथि लगाईएको आतंककारीको आरोप फिर्ता गर्नु पर्ने, संगठनका उपाध्यक्ष क. हिरा व. रोक्का, महासचिव कृष्ण प्याकुरेल, कोषध्यक्ष वुद्धि लामा केन्द्रिय सदस्यहरू जिवन महाडी, शान्तिराम भट्टराई, गोपाल दंगाल लगाएत राज्यले गैर कानुनि ढंगले गिरफ्तार गरी वेपत्ता परिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको स्थीति सार्वजनिक गर्नु पर्ने, भारतिय जेलमा रहेका संगठनका केन्द्रिय सदस्य मिन प्रसाद आपगांईलाई तुरुन्त रिहाई गर्नु पर्ने उद्योगपतिहरूले जायज मागहरू पुरागर्नु पर्ने लगाएतका मागहरू ०६१ आषाड मसान्त सम्म सुरा नगरेमा शसक्त आन्दोलनको घोषणा गर्ने कुरा जानकारी गराउन चाहन्छौं।
शालिकराम जमरकट्टेल
केन्द्रिय अध्यक्ष
अखिल नेपाल ट्रेड युनियन माहासंघ