2004-06-17 - press release - CPN-M२०६१-०३-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20995 अभिलेखालय सि. नं.: NCA-20995

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
विशेष संगठन समिति काठमाडौं
Special Organizing Committee Kathmandu

प्रेश विज्ञप्ती

हाम्रो महान तथा गौरवशाली पाटी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गतेबाट शुरु गरेको महान जनयुद्ध प्रत्याक्रमणको तयारीमा जुटिरहेको छ भने प्रतिक्रियावादी शासकहरु आफनो पूरानो सडे गलेको सत्ता टिकाउन फासिष्ट नक्कली राजतन्त्रले पूराना पञ्चे र उसको भरौटे शाहि अमेरिकी सेना प्रयोग गरि अन्तिम सास फेरिरहेको परीवेश सबैलाई अवगतै छ। यसरी हजारौ महान शहीदहरुको त्याग, बलिदान र लाखौ करोडौ जनताको सहयोग र समर्थनले हजारौ जनमुक्ति सेना सहित अगाडी बढिरहेको हाम्रो पार्टीलाई बदनाम गर्ने र धमिलो पानीमा माछा मार्न पल्केका इतिहासका कलंक फटाहहरु यतिबेला फेरि आफनो सक्कली अनुहार देखाउन आतुर भएका छन्। यसै क्रममा हिजो मिति २०६० साल असार २ गते बुधवार सिंहदरवार परिसर नजिक भएको घटना प्रति हाम्रो पार्टीको ध्यान आकृष्ट भएको छ। उक्त घटनामा घाईते भएका विशाल शर्मा हाम्रो पार्टीको सम्पर्कमा नरहेको कुरा हामी तमाम न्यायप्रमि जनसमुदायमा अवगत गराउन चाहन्छौ। यसरी पार्टी को नाम बदनाम बनाउने हिसावले नक्कली चिठी लिएर आउने व्यक्तिहरुको बारेमा हामीलाई खवर गरि सहयोग गरिदिनुहुन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछौ। यस्ता व्याक्तिको पहिचान भएमा जनमुक्ति सेना सफाय समेत गर्नेे चेतावनी दिन चाहन्छौ।

अन्तमा शिखण्डी देउवा सरकारको जाल झेलमा नपरी देशको अग्रगामी परिवर्तनको निम्ति सम्बिधान सभाको लागि राष्ट्रिय सहमति जुटाउनको लागि सम्पूर्ण परिवर्तनकामी जनताहरु माझ हार्दिक अनुरोध गर्दछौ।

मिति ः २०६१ असार ३ गते

प्रशान्त
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
विशेष संगठन समिति काठमाडौं