2004-06-03 - press release - CPN-M२०६१-०२-२१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18917 अभिलेखालय सि. नं.: NCA-18917

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

पार्टीकाम र स्वास्थोपचारका सन्दर्भमा भारतको बिहार राज्य अन्तर्गत पटनामा आउँदै गर्दा हाम्रो पार्टीका केन्द्रीय सदस्यहरु क. कूल प्रसाद के.सी., क. लोकेन्द्र बिष्ट, क. कुमार दाहाल, क. हित बहादुर तामाङ्ग, क. अनील शर्मा, केन्द्रीय सल्लाहकार क. चित्र बहादुर श्रेष्ठ लगायत कतिपय कार्यकर्ताहरुलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ। सामन्ती निरंकुशतन्त्रका विरुद्ध जनताको वास्तविक प्रजातन्त्रका निमित्त संघर्षरत क्रान्तिकारीहरुको यो गिरफ्तारीको घोर भर्त्सना गर्दै हाम्रो पार्टी वहाँहरुको सिघ्र रिहाईको निमित्त जोडदार आग्रह गदर्छ। प्रजातन्त्रको दुहाई दिने भारतीय शासकहरुले नेपालमा निरंकुश सामन्ती राजतन्त्रका विरुद्ध मोर्चा लिइरहेका राजनीतिकर्मिहरुलाई पटक-पटक गिरफ्तार गरेर आफ्नो जन-विरोधी चरित्रमात्र प्रदर्शन गरिरहेको छ। हाम्रो पार्टी नेपाल र भारतीय शासक वर्गका यस प्रकारका निरंकुश कृयाकलापका विरुद्ध तथा गिरफ्तार गरिएका क्रान्तिकारीहरुको सुरक्षा, सम्मान र रिहाईका निमित्त आवाज बुलन्द गर्न दुबै देशका जन-पक्षीय राजनैतिक शक्ति, बौद्धिक समुदाय, मानव अधिकारवादी संघ संस्था एवं आम जनसमुदायसंग हार्दिक अनुरोध गर्दछ।

मिति : - २१ जेष्ठ २०६१

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)