2004-06-03 - press release - CPN-M२०६१-०२-२१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18916 अभिलेखालय सि. नं.: NCA-18916

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

सामन्ती प्रतिगमनलाई निरन्तरता दिंदै चन्द र थापाकै शैलीमा कथित प्रधानमन्त्रिकारुपमा देउवाको नियुक्तिले देश र जनताका अगाडि विद्यमान समस्याहरुलाई समाधान होइन बरु अझ जटील बनाउने काममात्र गरेको छ। नेपाल र नेपाली जनताको प्रजातन्त्र र शान्तिको आकंक्षाका विरुद्ध यो कथित नियुक्ति वैदेशिक साम्राज्यवादको षडयन्त्र र इसारामा गरिएको कुरामा कुनै शंका छैन। देशले समग्र राजनैतिक निकास खोजिरहेको तथा हाम्रो पार्टीले त्यसकालागि सर्वपक्षीय वार्ताको विधि र प्रस्तावसमेत अगाडि सारिरहेको पृष्ठभूमीमा गरिएको पुरानो सत्ताको यो पुरानै नाटकले गृहयुद्धलाई चर्काउने सिवाय अरु केही काम गर्ने छैन। अतः हाम्रो पार्टी प्रतिगामी सामन्ती सत्ताका यसप्रकारका नौटंकीका विरुद्ध आफ्नो संघर्षलाई निरन्तर र दृढतापूर्वक अगाडि बढाउन देशका सम्पूर्ण जनपक्षीय राजनैतिक शक्ति, नागरिक समाज र आम जनसमुदायसंग हार्दिक अपील गर्दछ।

मिति : - २१ जेष्ठ २०६१

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी) के.स.