2004-05-15 - press release - CPN-M२०६१-०२-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20997 अभिलेखालय सि. नं.: NCA-20997

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पूर्वी केन्द्रीय कमाण्ड
पूर्वाञ्चल क्षेत्रीय व्यूरो

प्रेस विज्ञप्ती

गत वैशाख २७ गते ११ः४५ बजे दोलखा जिल्लाको मैनापोखरी सिद्धाथान स्थानमा जनमुक्ति सेना र कथित शाही सुरक्षा फौजबीच भएको भिडन्तको सन्दर्भमा सेनाको नियन्त्रणमा रहेका सञ्चार माध्यहरुको एकतर्फि प्रचारले मानव अधिकारवादी, पत्रकार र जनसमुदायलाई समेत भ्रम पर्न गएकोले सत्य तथ्य सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ।

जिरीबाट आउदै गरेको यात्रु बसलाई जवरजस्ती कब्जा गरी ४५ जनको कथित सुरक्षा फौज जनतालाई दमन गर्न आइरहेको देखे पछि वटालियन कमाण्डर क.जीवितको कमाण्डमा रहेको ४५ जना जनमुक्ति सेनाले बस रोकी सर्वसाधारण सबैलाई बसबाट ओर्लन आव्हान गरे। तर कथित सुरक्षा फौजले अन्धाधुन्दा फायरिङ्ग गरी बसबाट बाहिर निस्कन खोज्नेलाई जवर्जस्ती रोके। यस्तो स्थितिमा जनमुक्ति सेनाले प्रत्याक्रमण गर्दा ८ जना सेना, १ जना प्रहरी गरी ९ जनाको तत्काल मृत्यु र अन्य ठूलो संख्यामा घाइते भए। दोहोरो भिडन्तको क्रममा कथित सुरक्षा फौजले जनतालाई जवर्जस्ती ढाल बनाएकोले ६ जना सर्वसाधारणको पनि मृत्यु भएको छ।

यस सम्बन्धमा केन्द्रीय र स्थानीय स्तरमा समेत फासिष्ट सेना र प्रहरी चढेको गाडीमा नचढ्न पार्टीले सर्वसाधारणलाई आव्हान गर्दै आएको हो। फेरी पनि सर्वसाधारण जनता परेकोमा गहिरो दुःख व्यक्त गर्दै वहाँहरुका परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। यात्रु बसलाई जवर्जस्ती कब्जा गरी मानवढाल बनाउने कथित सुरक्षा फौजको यस प्रकारको घृणित र कायरतापूर्ण कार्यको तीव्र रोषका साथ भत्र्सना गर्दै हाम्रो पार्टी आमने सामने भिडन्तमा आउन खुल्ला चुनौति दिदै आइन्दा भिडन्तमा मानवढाल नबनाउन कडा चेतावनी दिन्छ।

जनमुक्ति सेनाले शाही अमेरिकी कथित सुरक्षा फौजबाट एल.एम.जी. १थान, इन्सास ५ थान, एस.एल.आर. ४ थान, एस.एम.जी. १ थान, थ्री नट थ्री १ थान, टुइन्च मोर्टारका सेल ४ थान, ३६ू हाते ग्रिनेड ३६ थान र कूल ४५०० पिस गोली कब्जा गरेको छ।

हाम्रँे जनमुक्ति सेनाले ने.क.पा.(माओवादी)का अध्यक्ष तथा सुप्रिम कमाण्डर क.प्रचण्डको भोजपुर र वेनी कारवाही पछि जारी वक्तव्यको स्प्रीडलाई अत्यधिक गहिराइका साथ आत्मसात गर्दै विना कुनै क्षति सफल एवं साहसिक कारवाही सम्पन्न गरेकोमा वेथान स्मृति पाँचौं व्रिगेड, कारवाहीका कमाण्डर क.जीवित, कारवाहीमा सहभागि कमिसार क.कृपाश्वर, सहायक कमाण्डर क.राम्जी लगायत सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई पूर्वाञ्चल क्षेत्रीय व्यूरो कार्यालयको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।

मितिः– २।२।२०६१

.............
(कञ्चन)
ईञ्चार्ज
पूर्वाञ्चल क्षेत्रीय व्यूरो
पूर्वी केन्द्रीय कमाण्ड
ने.क.पा.(माओवादी)