2004-04-08 - press release - CPN-M२०६०-१२-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18904 अभिलेखालय सि. नं.: NCA-18904

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

सामन्ती निरंकुशतन्त्र तथा उसको सैनिक अधिनायकवादका विरुद्ध गणतन्त्र स्थापनार्थको महान् लक्ष्यतिर अघि बढ्न आम जनसमुदायलाई अपील गर्दै हाम्रो पार्टी ने.क.पा.(माओवादी) को नेतृत्व र पहल एवं जनमुक्ति सेना, नेपाल र संयुक्त क्रान्तिकारी जनपरिषद को संयुक्त आयोजनामा गरिएको चैत्र २४, २५, २६ गतेको तीन दिने नेपाल बन्द शानदार रुपले सफल भएको छ। नेपाल बन्द सफल पार्न सहयोग गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदायहरुलाई हामी धन्यवाद दिन चाहन्छौं र आगामी संघर्षका कार्यक्रममा समेत यस प्रकारको सहयोगको अपेक्षा गर्दछर्ौं।

यस क्रममा हाम्रो पार्टीको आम नीति नहँुदा-नहुँदै पनि हाम्रो पार्टीका नेताहरु क.सीपी गजुरेल, क.मातृका यादव, क.सुरेश आलेमगर र भर्खरै स्थायी समितिका वरिष्ठ सदस्य क.मोहन वैद्यको भारत सरकारले गरेको गिरफ्तारीका कारण आक्रोशपूर्ण अभिव्यक्तिका रुपमा भएका भारतीय वहानहरुमा लक्षित कार्वाहीहरु नियन्त्रण गरिसकिएको र गरिने जानकारी गराउँदछौं। यसलाई अनावश्यक उत्तेजना तिर नलैजान हामी सम्बन्धित सबैसँग आग्रह गर्दछौं।

२६चैत्र २०६०

कृष्ण बहादुर महरा
प्रवत्ता
ने.क.पा.(माओवादी)