2004-02-17 - press release - CPN-M२०६०-११-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18879 अभिलेखालय सि. नं.: NCA-18879

नेपाल कम्युनिष्ट पार्टी माओवादी
पश्चिम केन्द्रीय कमान

प्रेस वक्तव्य

ज्ञानेन्द्र शाहको कालिकोट भ्रमणलाई निर्विघ्न बनाउन गएको शाही अमेरिकी सुरक्षा फौज र हाम्रो पार्टीको पश्चिम केन्द्रीय डिभिजनल कमाण्डअर्न्तगत लिस्ने-गाम तेश्रो ब्रिगेडको S.T.F. र जन-मिलिसियाबीच यही फागुन ३ गते दिउँसोदेखि ५ गते दिउँसो ५ बजेसम्म भएको भिडन्तमा शाही सुरक्षा फौजतर्फ दुई जनाको मृत्यु, एक दर्जन भन्दा बढी घाइते र दुई वटा हेलिकप्टर क्षति्ग्रस्त हुनुका साथै जनमुक्ति सेनाले ५०० थान M-16 को गोली, ४ थान म्याग्जिन र एक थान सञ्चार सेट कब्जा गरी ज्ञानेन्द्र शाहको ५ गतेको कालिकोट भ्रमणलाई समेत अवरुद्ध बनाएको छ। जनमुक्ति सेनाको यो साहसिक आक्रमणबाट तिल्मिलाएका शाही जल्लादहरुले जमिनबाट ८१ m.m. को तोप र हेलिकप्टर बाट H.M.G. द्वारा गरेको अन्धाधुन्ध फायरिङ्गबाट लालु, माल्कोट, कोटबाडा र कुमाल गाउँमा जनताका केही घर क्षतिग्रस्त हुन पुगेको छ भने जनमुक्तिसेनातर्फ एक जना योद्धाको शहादत र एक जना घाइते हुनुभएको छ। घटनाको यथार्थता यस्तो हुँदाहुँदै पनि उल्टै माओवादीतर्फ ३५ जना भन्दा बढी मारिएको भनी कुप्रचार गर्नुले गोयवल्स शैलीको प्रचारमा छिपेको शाही जल्लादका फासिष्ट क्रियाकलाप र कायरताको फेरि एकपटक पर्दाफास भएको छ। यसबाट देशव्यापी रुपमा निहत्था र नि:शस्त्र जनता तथा कार्यकर्तालाई कब्जा गरी हत्या गर्ने र कथित मुठभेडमा मारिएको भनी आफ्ना सञ्चार माध्यमबाट गरिरहेको दैनिक प्रचार तिनको कायरता र पाखण्डी प्रलाप र आत्मरति मात्र हुन् भन्ने कुरा पनि स्पष्ट भएको छ।

मिति २०६० फागुन ५ गते

दिवाकर
इन्चार्ज
पश्चिम केन्द्रीय कमाण्ड