2004-01-07 - press release - CPN-M२०६०-०९-२३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21000 अभिलेखालय सि. नं.: NCA-21000

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

प्रेस वक्तव्य

क. जनक लामो समय देखि माओवादी आन्दोलनको क्षे.व्यू. तहमा कृयाशील एउटा जिम्मेवार कार्यकर्ताको रुपमा काम गर्दै आउनु भएको थियो। तर कामको दौरानमा नैतिकता सम्बन्धी गम्भीर गल्ती गर्दै पनि आउनु भएको र पार्टीले वहाँलाई सुधार्नको निम्ति गल्ती, कमजोरी अनुसारको अनुशासन कार्वाही पनि गरेको थियो र वहाँ आÏनो गल्ती कमजोरीप्रति आत्माआलोचित भै पुनः पार्टी र क्रान्तिको निम्ति लागि पर्ने प्रतीब्रद्धता जाहेर गर्नु भएको थियो। सो अनुसार वहाँलाई मेची कोशी सैन्य व्यूरोको सदस्य र ‘सी’ कम्पनीको कमिसारको जस्तो गम्भीर जिम्मेवारी विश्वासको साथ दिइएको थियो। तर यस बीचमा कामको दौरानमा वहाँमा आत्मसुरक्षावादी सोचहरु देखा पर्न शुरु गरेका थिए। जसलाई नेतृत्वले पनि वहाँका सैन्य कामको अनुभवको कमीको रुपमा बुझेको थियो र वहाँसँगको छलफल वहसलाई उच्च प्रकारले सोचिएको थियो। तर वहाँले अचानक आÏनो जिम्मेवारी वहन गर्न नसक्ने, आफू भित्रैदेखि माक्र्सवादी हुन नसकेको, क्रान्ति सफल हुन्छ भन्ने कुरामा पनि अविश्वास रहेको, नेतृत्वसँग भेटेर आÏना कुरा राख्ने धैर्यतासम्म नगरेको, माक्र्सवादी बाटो होइन ‘मनोक्रान्ति’ को सिद्धान्तलाई मुक्तिको दर्शनको निम्ति बुझ्ने गरेको र माक्र्सवादप्रति अविश्वास पैदा भएको जुन स्थिति देखा पर््यो जसका कारण वहाँमा गम्भीर वैचारिक विचलन भएको देखिन्छ र त्यसै अनुसार वहँाले जुन सार्वजनिक राजीनामा गर्नु भएको छ, त्यसले भिन्न विचार भए भने पनि पार्टी भित्र छलफल चलाउने मान्यता उलघंन गर्नु भएको छ र नेतृत्वसँग नभेटी एकाएक राजीनामा सार्वजनिक गर्नु आदि कारणले पार्टी गम्भीर गल्ती मान्दछ। पार्टीले वहाँलाई कुनै कार्वाही गरेको थिएन। तर यस्तो संगीन घडीमा वहाँले सार्वजनिक वक्तव्य दिनुले विषयलाई गम्भीर बनाएको छ। अतः वहाँमा सैद्धान्तिक रुपले नै गम्भीर विचलन देखा परेको ठहर गर्दै वहाँलाई पार्टीको कुनै पनि पदमा नरहने गरी निष्काशन गर्दछ। त्यसप्रति कसैको भ्रम नहोस् र भ्रम पार्न पनि प्रयास नगरियोस् भन्ने अनुरोध गर्दछ। अन्तिममा वहाँ कुनै प्रतिक्रियावादीको गोटी हुनुहुने छैन भन्ने कुरालाई वहाँले गम्भीरता पूर्वक लिनु हुनेछ भन्ने कुरा पार्टी ठान्दछ।

मिति २०६० पौष २३

अनुकूल
इन्चार्ज
मेची कोशी सैन्य व्यूरो
ने.क.पा.(माओवादी)