2003-11-28 - press release - CPN-M२०६०-०८-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18851 अभिलेखालय सि. नं.: NCA-18851

जनमुक्ति सेना नेपाल पश्चिम डिभिजन कमाण्ड
लिस्ने गाम तेस्रो व्रिगेड कार्यालय

प्रेस- विज्ञप्ति

जनमुक्ति सेना नेपालको तेस्रो वि्रग्रेड अन्तरगत २ नं. बटालियनका कमिसार कमरेड मुक्ति र कमाण्डर कमरेड जीवनको नेतृत्वमा बझाङ्ग जिल्लाको खिरातडी गा.ज.स. को नाँके डाँडामा २०६०/७/२१ गते का दिन २ नं. बटालियनको एउटा टुकडिले कथित सुरक्षा फौजमाथि आक्रमण गर्‍यो। सो कार्वाहीमा ३ थान SLR र सोको गोलि २००० राउण्ड एवं म्यागजिन २२ थान, LMG को म्यागजिन ८ थान, SMG र GPMG को व्यारेल १/१ वटा, m 36 ग्रिनेट २० थान र १० थान झोला कब्जा भएको छ भने, १२ जना शाही अमेरिकी सेनाको सफाया र १५ जना घाईते भएका छन। हाम्रो तर्फ LMG ग्रुपका सदस्य विर योद्धा क. प्रकाशले सहादत प्राप्त गर्नु भएको छ। फाशिष्ट सत्ताको संचार मन्त्री कमल थापा र कथित प्रधान सेनापती प्यारजंग थापालाई माओवादी विरुद्ध शाही अमेरिकी सेनाको कथित सफलताको स्याल हुइयाँ गर्नु भन्दा बझाङ्ग जिल्लाको नाँके डाँडामा भएको कार्वाहीको यर्थाथतालाई जनसमक्ष सत्यतथ्य सार्वजनिक गर्न चुनौति दिन्छौ।

मति: ०६०/८/१२ गते

विविध
कमाण्डर
लिस्ने गाम तेस्रो वृग्रेड