2002-11-16 - press release - CPN-M२०५९-०७-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21078 अभिलेखालय सि. नं.: NCA-21078

नेपाल कम्युष्निट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

करिब एक हजारको संख्यामा सैन्यशक्ति केन्द्रीत रहेको दुश्मनको कथित क्षेत्रीय सदरमुकाम जुम्ला खंलगामा जन(मुक्ति सेनाले पहिलो पटक सफल र साहशिक आक्रमण गरि आफ्नो फौजी श्रेष्ठताको नयां कीर्तिमान कायम गरेको छ। आफ्नो भयानक पराजयलाई ढाकछोप गर्ने दुश्मनको नियोजित र झुट्टो प्रचारका विपरित त्यहां जन(मुक्ति सेनाले खलंगाबाट केही दुरीमा रहेको कथित शाही सेनालाई रक्षात्मक अवस्थामा रहन वाध्य तूल्याई सदरमुकाममै रहेको सिंगो दुश्मनको फौजी शक्तिलाई परास्त गरि सदरमुकाम कब्जा गर्ने योजनामा पूरै सफलता प्राप्त गरेको छ। यसै दिन शक्ति विन्यास र आक्रमणमा तालमेलको नयां उदाहरण प्रस्तूत गर्दै जन(मुक्ति सेनाको अर्को टुकडीले दुश्मनको अती फौजी केन्द्रीकरण गरिएको गोरखा जिल्लामा अर्को सफल र साहशिक आक्रमण गरेको छ। रणनैतिक पहलकदमी, वीरता र वलिदानका हरेक दृष्टीले जन(युद्धको विकासमा गुणात्मक फड्कोको प्रतिनिधित्व गर्ने यीे सफल आक्रमणकालागि पार्टी तथा जन(मुक्ति सेनाको केन्द्रीय कार्यालय सम्पूर्ण योद्धाहरुमा जुझारु अभिवादनका साथ हार्दिक वधाई ज्ञापन गर्दछ। जन(युद्धको निरन्तर विकास र अपराजयतालाई प्रमाणित गर्ने यी ऐतिहासिक कार्यवाहीहरुमा अनिवार्य हुन जाने जीवनको कोटा चुक्ता गर्ने महान अमर शहिदहरुप्रति केन्दीय कार्यलय गर्वयुक्त अभिवादनकासाथ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वहांहरुको सपना साकार पार्न अन्तसम्म लड्ने प्रतिज्ञा गर्दछ।

नेपाली समाजको अग्रगामी परिवर्तनको ऐतिहासिक आवश्यकताका विरुद्ध प्रतिगमनको दुश्शाहस गर्ने सामन्ती निरंकुशतावादी तत्वहरुले जसरी दिन दिनै दर्जनौंको संख्यामा जनताको हत्या गर्दै आएका छन्, त्यसको अनिवार्य परिणाम जन(युद्धको गुणात्मक विकासमा भइरहेको छ। एक मारिए सय र सय मारिए हजार जन्मने नियम अनुसार दुश्मनको अत्याचारको प्रतिरोधमा जन(समुदायका बीचबाट ज्यामितीयरुपमा क्रान्तिकारी योद्धाहरुको जन्म भइरहेको छ। हाम्रो पार्टी र जन(समुदायको शान्तिपूर्ण, सकारात्मक र अग्रगामी राजनैतिक निकासको अत्यन्त लचिलो गोलमेच सम्मेलन, अन्तरिम सरकार संविधान सभा जस्ता मांगहरुको वेवास्ता गरि वार्ताको कुरा गर्दै जनताको हत्या गरिरहने विद्यमान प्रक्रिया जारी रहेमा अझ उच्च प्रतिरोधहरु अगाडि बढ्ने छन्। विज्ञानको नीयम तथा इतिहास र जनताको आवश्यकता अनुसार अगाडि बढेको जन(युद्धलाई मुीभर भाडाका सेनाले कहिल्यै परास्त गर्न सक्ने छैनन् अपीतूः त्यो दुश्शाहस गर्ने तत्वहरुनै धराशायी हुने छन्।

यसै सन्दर्भमा तीन दिन अगाडि दोलखामा एउटा यात्रुवाहक बस विद्युतीय धरापमा परि दुई जनाको मृत्यु र झण्डै दुई दर्जन सर्वसाधारण जनता घाइते भएको भन्ने समाचारले हामीलाई स्तब्ध पारेको छ। जन(समुदायको मुक्ति र सेवा वाहेक अर्को कुनै स्वार्थ नभएको हाम्रो पार्टीले निर्दोष जनताको क्षेती हुने गरि कुनै पनि सवारी साधनलाई निसाना बनाउने भन्ने कुरा कल्पना बाहिरको कुरा हो। यदि भूलवस हाम्रो तर्फबाट सो घटना घट्न गएको पाइएमा हामी सम्पूर्ण तथ्यहरुसहित जन(समुदायसंग क्षमा याचना गर्न तथा भावी दिनमा अझ सतर्क रहन प्रतिबद्ध छौं। तर, आफुले हत्या गरेर अर्कालाइृ दोष थोपर्ने वर्तमान शासकहरुको चरित्र र उनिहरुद्धारा घटनाको प्रचारको प्रकृतिलाई हेर्दा कतै हामीलाई बदनाम गर्ने षडयन्त्रको अंगकारुपमा यो घटना घटाइएको त होइन ? गंभीर आशंका उत्पन्न भएको छ। हामी अनुसन्धानमा लागि सकेका छौं र छिटै सम्पूर्ण तथ्य जन(समक्ष राख्ने छौं।

मिति ः( ३० कार्तिक २०५९
November 16, 2002

(प्रचण्ड)
अध्यक्ष, नेकपा(माओवादी)
तथा सुप्रिम कमाण्डर जनमुक्ति सेना, नेपाल