2005-07-17 - incident - Dhading district २०६२-०४-०२ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-16392 अभिलेखालय सि. नं.: NCA-16392

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८८
  • पीडितको नाम र थर:मकवानपुर, धादिङ
  • ठेगाना:मकवानपुरका आग्रा, गोगने, डाँडाखर्क तथा धादिङका महादवे स्थान, पिडा, करिानगोक गाविसहरू
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मकवानपुर र धादिङ जिल्लाको सिमानाको आसपासका क्षेत्रमा मिति २०६२/४/२ गतेदेखि प्रतिकारसमितिका नाउमँा ७ जना व्यक्तिहरू मारिएको साथै केही व्यक्तिहरूलाई सुरक्षाफौजद्वारा पक्राउ गरी बेपत्ता पारिएको भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:प्रतिकार समिति
  • आयोगको निर्णय:यसै पक्रृतिको घटना पहिले कपिलवस्तुमा पनि भएको र श्री ५ को सरकारबाट समयमै अपनाउनुपर्ने तदारुकताका विषयमा आयोगले मिति २०६१/१२/१८ मा सिफारिस पठाएकोमा सोको कार्यान्वयनका लागि के कस्ता पहल भएको भन्ने बारेमा जानकारी आउन नसकेको हुँदासंरक्षण महाशाखाको रायबमोजिम सिफारिस गरी पठाउने २०६२/५/२२ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३१११ (क) संरक्षण ४७८ मिति २०६२/६/४ मा आयोगको मिति २०६२/५/२२ तथा मिति २०६१/१२/१८ को निर्णय कार्यान्वयनको लागि सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको च.नं. ११५० मिति २०६२/७/२० को पत्रानुसार "धादिङ जिल्ला करिान्चाके गाविसका सम्पूर्ण गाउवँासीहरूलाई प्रतिकार गरेको भनी माओवादीले आक्रमण गरी सबैलाई मार्ने धम्की दिएको भन्ने सम्बन्धमा कोही कसैले प्रहरीलाई जानकारी नगराएको साथै सुरक्षाको प्रत्याभूति दलिाउने सम्बन्धमा पटकपटक नं. ६ लाइट व्याट्री गजुरीबाट शाही नेपाली सेना र प्रहरीसमेतको संयुक्त सुरक्षाफौज गस्तीमा पठाउने गरेको", "धादिङ करिानचोक गाविस वडा नं.- ५ तीनघरे बस्ने मानबहादुर तामाङ र बालकृष्ण भन्ने कृष्णबहादुर तामाङलाई माओवादीले अपहरण गरेको सम्बन्धमा प्रहरीमा कुनै प्रकारको जानकारी एवम् निवेदन पर्न नआएको र परिवार तथा स्थानीय व्यक्तिहरूसँग बुझ्दा मिति २०६१/८/२९ गते आइते तामाङको घरमा कृयापुत्री कुर्न बसरिहेको अवस्थामा निजहरूलाई माओवादीले अपहरण गरी अज्ञातस्थलतर्फ लगेकोमा निजहरू हालसम्म सम्पर्कमा नआएको र निजहरूको खोजतलास कार्य जारी रहेको", "उक्त घटनामा चेतबहादुर मोक्तान, मदमिान मोक्तान (प्रदीप), कृष्णबहादुर श्रेष्ठ, शंकरप्रसाद अधिकारी गरी ४ जना माओवादीहरूलाई स्थानीय जनताले सुरक्षाफौजको जमि्मा लगाएको र हाल सुरक्षा वेस क्याम्प पालुङ्गमा नजरबन्दमा राखिएको", "मकवानपुर जिल्ला गोगने गाविस वडा नं.- ९ पकनी बस्ने पुष्कल कार्कीलगायत अन्य ९ जनालाई माओवादीले अपहरण गरी लगेकोमा हाल निजहरूलाई अपहरण मुक्त गरेको" पत्र प्राप्त, शाही नेपाली जङ्गी अड्डा मानवअधिकार शाखा, कार्यरथी विभागको प. सं. १४६४४/३/ए/०६२/६३/ ७० मिति २०६२/८/१९ को पत्रानुसार मकवानपुर जिल्लाको आग्रा, गोगने, डाँडाखर्क र धादिङ जिल्लाको महादेवस्थान, पिडा र करिानचाके गाविसहरूमा मिति २०६२/४/२ गतेदेखि स्थानीय जनताहरूमा आतङ्ककारीहरूले जबर्जस्ती चन्दा माग्ने, खाना खाने, तोकेअनुसार मात्र खेती गर्नुपर्ने, भारी बोक्न लगाउने, चाडपर्व मान्न नदिने, उनीहरूले भनेको नमान्नेलाई शारीरिक तथा मानसिक यातना दिनेजस्ता ज्यादती सहन नसकी आक्रोसति भई प्रतिकारमा उत्रेको र सोसम्बन्धमा शा.ने.से.लाई लगाइएका लान्छनाहरू अतरिञ्जति, नरिाधार देखिएको साथै सो घटनामा भएको क्षतिको सम्बन्धमा स्थानीय प्रहरी प्रशासनलाई समेत छानबिनको लागि पत्राचार गरिएकोमा क्षतिपूर्ति मागको लागि कुनै उजुरी नपरेको भन्ने जानकारी प्राप्त भन्ने व्यहोराको जवाफ पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री