2004-06-05 - incident - Sindhuli district २०६१-०२-२३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-13045 अभिलेखालय सि. नं.: NCA-13045

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७१
  • पीडितको नाम र थर:प्रेमबहादुर खड्का
  • ठेगाना:सिन्धुली जिल्ला आम्ले गाविस-३ सिम्ले
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुली जिल्ला आम्ले गाविस वडा नं.- ३ सिम्लेनिवासी वर्ष ३७ का प्रेमबहादुर खड्कालाई मिति २०६१/२/२३ गते राति स्थानीय सिम्ले खोलामा माछा मार्दै गर्दाको अवस्थामा सुरक्षाफौजले शङ्काको घरमा अत्यधिक शक्तिको प्रयोग गरी गोली हानी हत्या गरेकाले आवश्यक कारबाही अगाडि बढाउन मिति २०६१/२/३२ मा आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:सो घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुको साथै पीडितका आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको जानकारी आयोगमा उपलब्ध गराउन श्री५ को सरकारलाई लेखी पठाउने मिति २०६२/११/१६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १८२२ संरक्षण १८३८ मिति २०६२/१२/१० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री