2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11821 अभिलेखालय सि. नं.: NCA-11821

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५५
  • पीडितको नाम र थर:बलबहादुर सार्की र ज्ञानबहादुर सार्की
  • ठेगाना:सिन्धुली, तीनकन्या वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सिन्धुली गाविस तीनकन्या वडा नं.- ७ निवासी बलबहादुर सार्की र ऐ. ऐ. बस्ने ज्ञानबहादुर सार्कीलाई निजहरूकै घरबाट सिन्धुलीबाट गएका सुरक्षाकर्मीको संयुक्त टोलीले मिति २०६०/११/१ गते पक्राउ गरी सोही गाविसको वडा नं.- ६ स्थित सरस्वती दाङेाटोमा लगी गोली हानी हत्या गरेकोले घटनाको छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवेदन प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०२/२५ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/५ को निर्णयानुसारजनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री