2003-12-06 - incident - Khotang district २०६०-०८-२० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-11135 अभिलेखालय सि. नं.: NCA-11135

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३
  • पीडितको नाम र थर:दुर्गाप्रसाद काइेराला, डाकमणि कोइराला र हरिकुमार भट्टराई
  • ठेगाना:खोटाङ चिसापानी गाविस, कात्तिके, वैरेनीटार
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:खोटाङ जिल्ला गाविसस्थित चिसापानी माविमा कायर्रत डम्मर्खु शिवालय गाविस कात्तिकेका हरिकमुार भट्टराई तथा चिसापानी गाविस वैरेनीटारका दुर्गाप्रसाद कोइराला तथा डाकमणि कोइरालाको गाईघाटबाट आएको सुरक्षाफौजले मिति २०६०/८/२० गते राति १२ बजे हरिकुमार भट्टराईको घरको ढोका फोडेर डम्मर्खु शिवालय गाविसअन्तर्गत काभ्रे खोलामा लगी निर्दोष मानिसहरूको हत्या गरिएकोले घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवदेन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/१०/६ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं. ४२०९ मिति २०६१/२/१ क्षतिपूर्तिर्सम्बन्धमा जानकारी माग गरी प्र. म.म.का.लाई पत्र पठाएको, श्री ५ को सरकारमा मिति २०६१/१०/१५ गते निर्णय कार्यान्वयनको लागि पठाइएकोमा मिति २०६२/०२/३१ गते पुन: ताकेता गरेको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयको मिति २०६१/१/३१ को बुँदा नं. १५ मा उल्लेख गरिएअनुसार छानबिन गर्न गठित समितिले सैनिक व्यक्तिहरूबाट गल्ती भएको भनी दिएको रायबमोजिम पुर्पक्ष गर्न गठित सैनिक अदालतबाट जमदार हस्तबहादुर कुमाल र अमल्दार तेजबहादुर रोइलालाई २ वर्ष कैद गरी भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको र टोली कमाण्डर अधिकृतलाई समेत भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट वर्खास्त गरिएको भन्ने जानकारी पत्र
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री