2003-11-12 - incident - Dhading district २०६०-०७-२६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-10824 अभिलेखालय सि. नं.: NCA-10824
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:रामप्रसाद आचार्य
- ठेगाना:धादिङ जिल्ला नौविसे गाविस वडा नं.- १, धार्के
- उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला नौविसे गाविस वडा नं.- १ धार्के बस्ने रामप्रसाद आचार्यलाई मिति २०६०/७/२६ गते बिहान अन्दाज ३:४५ बजे सुतिरहको समयमा सादा पोसाकका नेपाली सेनाका सुरक्षाकर्मीहरू आई पक्राउ गरी बेपत्ता पारके ो घटनाको सम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
- आयोगको निर्णय:सुरक्षाकर्मीले निज रामप्रसाद आचार्यलाई पक्राउ गरी स्थिति सार्वजनिक नगरी लामो समयसम्म बेपत्ता अवस्थामा राखेको देखिँदा निजलाई अविलम्ब सार्वजनिक गर्न, पीडतिका परिवारलाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने। घटनामा संलग्न देखिएका जगदल गणका तत्कालीन प्रमुखलाई वयानका लागि आयोगमा बोलाउने आयोगको मिति २०६६/५/१७ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ३२६ संरक्षण २२१४ मिति २०६६/७/१० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८ मा राहत तथा पुन:स्थापना इकाईलाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बोधार्थ प्राप्त