2003-11-06 - incident - Kathmandu district २०६०-०७-२० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10731 अभिलेखालय सि. नं.: NCA-10731

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०
  • पीडितको नाम र थर:राजीव श्रेष्ठ
  • ठेगाना:काठमाडौँ
  • उजुरीको संक्षिप्त व्यहोरा:मिति २०६०/७/२० गते विद्यार्थी बोकेको शाही नेपाली सेनाको बा.१.ग.११७२ नं. को गाडी र राजीव श्रेष्ठले चलाएको बा. १ ज. ३९४९ नं. को गाडी वनस्थली ढुङ्गेचोक आसपासमा ठोक्किई दुघर्टना भएको विषयलाई लिएर सेनाको गाडीमा रहेका सैनिक जवानले चालक राजीव श्रेष्ठलाई गोली हानी हत्या गरेको भन्ने विषयमा विभिन्न पत्रिकामा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेनाका जवान
  • आयोगको निर्णय:गैरसैनिक व्यक्तिको हत्या गरेको विषय सैनिक अदालतको कार्यक्षेत्रभित्र नपरी सामान्य अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रष्ट भएकोले उक्त हत्या गर्ने व्यक्तिलाई उचित कानुनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न श्री ५ को सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६०/८/९ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*आयोगको च. नं. २५४४ मिति २०६०/८/११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यलयमा पत्राचार/
  • आयोगको च. नं. १०९२ संरक्षण २८६७ मिति २०६०/ ९/१५ मा गृह मन्त्रालयसँग पत्राचार
  • कार्यान्वयनको स्थिति:मिति २०६०/७/२० गते काठमाडौँको बालाजु ढुङ्गधेारामा सैनिक स्कुल बसलाई एक्कासि भाडाको टयाक्सीले ठक्कर दिँदा सैनिक व्यक्ति सिपाही दिलबहादुर विष्टले चलाएको गोलीबाट ट्याक्सी ड्राइभर राजीव श्रेष्ठको मृत्यु भएको सम्बन्धमा छानबिन टोलीबाट दिएको रायबमोजिम ट्याक्सीमा रहेको व्यक्ति भाग्न खोजेको हुँदा ड्राइभर राजीव श्रेष्ठको मृत्यु हुँदा निजको परिवारलाई रु. २,००,०००/- क्षतिपूर्ति दिलाउनेतर्फ कारबाही चलाएको र गोली चलाउने सैनिकलाई आवश्यक भन्दा बढी शक्ति प्रयोग गरेको सम्बन्धमा पूर्पक्ष गर्न गठित सैनिक अदालतबाट निज सिपाहीलाई सेवाबाट बर्खास्त गरी ४ महिना कैद गरिएको भन्ने रक्षा मन्त्रालयको प. सं. कानुन, ०६० /६/१ ४३० मिति २०६१/१/१७ मा रक्षा मन्त्रालयबाट पठाएको जानकारी पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री