2003-10-26 - incident - Sarlahi district २०६०-०७-०९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10515 अभिलेखालय सि. नं.: NCA-10515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४९
  • पीडितको नाम र थर:खेहरू राय
  • ठेगाना:सलार्ही हरिपुर्वा गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सलार्ही हरिपुर्वा गाविस वडा नं.- ८ निवासी खेहरू रायलाई मिति २०६०/७/९ गते आफ्नै घरबाट सुरक्षाकर्मीहरूले पक्राउ गरी साहेी गाविसको वडा नं.- ४ मा लगी गोली हानी हत्या गरेकोले आवश्यक छानबिन गरी दोषी उपरकारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा दर्ता निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारबाही तथा पीडित परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/०६ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूतिर्सम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री