2003-10-13 - incident - Doti district २०६०-०६-२६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-10255 अभिलेखालय सि. नं.: NCA-10255

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:शारदा उमाविका ४ जना मृतक विद्यार्थीहरू यदुनाथ जोशी, मीना वि. क, सुशीलाकुमारी जोशी, हरिणा कुमारी भण्डारी तथा ५ जना घाइते विद्यार्थीहरू विष्णुप्रसाद शर्मा, टेकबहादुर वि. क., धर्मकुमारी भुत्याल, रामबहादुर बोहोरा, डम्बरी वि. क.
  • ठेगाना:मुडभरा गाविस-१, डोटी
  • उजुरीको संक्षिप्त व्यहोरा:डोटी जिल्लाको मुडभरा गाविस-१ स्थित शारदा उच्च माविमा मिति २०६०/६/२६ गते सुरक्षाकर्मी र ने.क.पा. (माओवादी) बीच भीडन्त भएको भनिएको घटनाको सम्बन्धमा उक्त स्कुलमा केही विद्यार्थी तथा केही माओवादीहरू समेतको मृत्यु भएको भन्नेसम्बन्धमा आयोगको ध्यानाकर्षण भई आयोग को आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी तथा माओवादी
  • आयोगको निर्णय:उक्त घटनाका वास्तविक दोषी पत्ता लगाई कानुनबमोजिमम दोषीउपर कारबाही हुन र घाइते तथा मृत्यु भएका बालबालिकाहरूको परिवारलाई उचित क्षतिपूर्तिसमेत अविलम्ब उपलब्ध गराउन श्री ५ को सरकार समक्ष लेखी पठाउने साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षाफौजको कुनै पनि कारबाही विद्यमान कानुनबमोजिम हुनुपर्ने र कानुनबमोजिममबाहके कसकैो पनि संविधानद्वारा प्रत्याभूत गरिएको मौलिक हक हनन् गर्न नहुने विषयमा सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई स्पष्ट निर्देशन दिनसमेत श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/८/२ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. २५०६ मिति २०६०/८/४ मा आयोगको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको, च. नं. १२२५ (क) संरक्षण १७३६ मिति २०६१/११/२७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई ताकेता / च. नं. १२२५ (क) संरक्षण २५६८ मिति २०६२/०२/३१ मा पुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ताकेता /
  • कार्यान्वयनको स्थिति:रक्षा मन्त्रालयको प. सं. कानुन ०६०/६१/४३० मिति २०६२/१/१७ मा सुरक्षाफौजको काम कारबाहीमा भएगरेका घटनाहरूको सम्बन्धमा सैनिक व्यक्तिले मानवअधिकार र मानवीय कानुनको पालना भए नभएको विषयमा सैनिक अदालत गठन गरी भएको नतिजाको विवरण पठाइएको भनिएकोमा "छानबिन टोलीको रायबमोजिम सुरक्षाकर्मीद्वारा विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित स्थानमा राखी सुरक्षा अपनाउँदा अपनाउँदै आतङ्ककारीविरुद्ध कारबाही गर्दा ४ जना विद्यार्थीको मृत्यु भएको देखिँदा निजहरूका परिवारलाई क्षतिपूर्ति दिलाउनेतर्फ पहल गरिएको" भन्ने व्यहोराको जानकारी पत्र प्राप्त / प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,००० क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त /
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री