2003-09-01 - incident - Rautahat district २०६०-०५-१५ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-09542 अभिलेखालय सि. नं.: NCA-09542

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४१
  • पीडितको नाम र थर:देवीलाल पटेल
  • ठेगाना:रौतहट जिल्ला देवाही गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रौतहट जिल्ला दवेाही गाविस वडा नं.- ४ बस्ने देवीलाल पटेललाई मिति २०६०/५/१५ गते अदालत नजिकै गौर, रौतहटबाट सुरक्षाकर्मीले बेपत्ता पारेको हुँदा निजको सकुशल रिहा गरी पाऊँ भनी २०६०/११/१ मा उजुरी दर्ता हुन आएको पाइन्छ
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निज देवीलाल पटेललाई मिति २०६०/५/१५ गते पक्राउ गरी बेपत्ता पारिएको घटनाले निजको मानवअधिकार उल्लङ्घन भएको देखिएकोले निजको अवस्था तत्काल सार्वजनिक गर्न र पीडति परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम ३० बमोजिम अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने। साथै उजुरीमा उल्लेख भएबमोजिम रौतहट जिल्ला मा कार्यरत तत्कालीन घुमुवा प्रहरीहरू हरि पासवान गगनदेव बैठा र उमेश यादव हाल कार्यरत हुन्, हैनन्। बुझी वयान लिने भनी मिति २०६६/५/२९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ७६६ सरंक्षण १४५२ मिति २०६६/७/१६ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको /
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री