2002-09-15 - incident - Kavre district २०५९-०५-३० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07261 अभिलेखालय सि. नं.: NCA-07261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4369
  • अ. नं.1
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:1
  • टोलको नाम:ठाटीगैरो
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद सापकोटा
  • जन्म मिति:
  • साल:2019
  • महिना:02
  • गते:08
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:र्‍यालेविहावर
  • वार्ड नं.:3
  • टोल:र्‍यालेगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:र्‍यालेविहावर
  • वार्ड नं.:3
  • टोल:र्‍यालेगाउँ
  • लिङ्ग:पुरुष
  • थर:बाहुन
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाविस
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामहरिनारायण सापकोटा
  • आमाको नाम:जगतकुमारी सापकोटा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना सापकोटा
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-30
  • समय:00:12:05 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2059-05-31
  • चिकित्सकको नाम:हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • पनौती, घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):र्‍याले गाविस ३ निवासी नेकपा (एमाले) बाट निर्वाचित सोही गाविसका निवर्तमान अध्यक्ष ४० वर्षीय कृष्णप्रसाद सापकोटाको ०५९ भदौ ३० गते राति माओवादीले घरबाट अपहरण गरी हत्या गरे। घरमा सुतिरहेका सापकोटालाई रातको १२:०५ वजे आएका ५ जना माओवादीले दाई दार्इ भनी बोलाएर कुरा गर्न भनी कुशादेवी गाविस ४ र भुमेडाँडा गाविस १ को बिचमा रहेको ठाटीगैरोमा लगेर टाउको काटी हत्या गरे। भुमेडाँडा जाने गोरेटो बाटो हिडाएर वरिपरि जंगल र बिचमा एकान्तको डरलाग्दो घटनास्थल आसपासमा सापकोटाको स्वीटर, खुकुरीको दाप र डट्पेन छरिएको पाइयो। सापकोटाको टाउको भने बाटोमा र गिड ५० मीटर तल खोल्सामा भेटिएको थियो। स्थानीयवासीका अनुसार खुकुरी र पेस्तोल भिरेका ति माओवादीहरू ढोका खोल्नासाथ ३ जना भित्रपसी बत्ती निभाउन लगाई १० मिनेट भित्र तयार बन्न निर्देशन दिएका थिए। सापकोटाले'तिमीहरू माओवादी हौ भन्ने के प्रमाण छ- भन्दा पेस्तोल र खुकुरी देखाई नआत्तिनु दुई घण्टा पछाडि फिर्ता ल्याइदिन्छौ भनेका थिए। सापकोटालाई अपहरण गरेपछि निजका भाइ रामचन्द्र बेहोस भएकाले पत्नी मिना र बुहारी पविताले छिमेकीकहाँ गै हारगुहार गरेका थिए। पर्खालचौरस्थित निर्माणाधीन घरमा पनि ११:३० बजे खोतलेर नभेटेपछि माओवादीहरू गाउँमा रहेको घरमा गएका थिए। शरीर पुरै छियाछिया पारी काटिएको र घटनास्थल आसपासमा मडारिएको देखिएबाट माओवादीसँग सापकोटाले निकैबेर प्रतिकार गरेको हुनसक्ने देखिन्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री