2002-06-30 - incident - Dang district २०५९-०३-१६ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-06287 अभिलेखालय सि. नं.: NCA-06287

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४७
  • पीडितको नाम र थर:सोमराज सार्की, रमेश सार्की, जोखबहादुर सार्की, रेशम सार्की, भुपाल सार्की, रमेश सार्की, मङ्गल सार्की, रामलाल सार्की, नीबबहादुर सार्की, देवीराम सार्की, रामप्रसाद सार्की र खड्गबहादुर वि. क.
  • ठेगाना:गोल्टाकुरी, दाङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला गोल्टाकुरी गाविसअर्न्तगत राजाकोट क्याम्पको नजिक सोही गाविस नजिक सोही गाविस- ८ काँवाधारी बस्ने सामेराज सार्की, रमेश सार्की, जोखबहादुर सार्की, रेशम सार्की, भुपाल सार्की, रमेश सार्की, मङ्गल सार्की, रामलाल सार्की, नीबबहादुर सार्की, देवीराम सार्की, रामप्रसाद सार्की र खड्गबहादुर वि.क. समेत १२ जनालाई मिति २०५९/३/१६ गते सैनिकहरूले गोली हानी हत्या गरेकाले उक्त घटनाको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन आवश्यक पहल गरिदिन निवेदन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सामेराज सार्कीसमेत १२ जनालाई मिति २०५९/३/१६ गते सैनिकहरूले गोली प्रहार गरी मारेको तथा सो घटनामा ज्यान जोगाई भाग्न सफल प्रत्यक्षदर्शी हाल भारत गएको हुँदा निजलाई बझु्नभरमग्दुरप्रयासगर्नेर निज फेला परेको बखत निजको कागज गरी घटनाको प्रत्यक्ष विवरण लिने र हाललाई मृतक पीडितका परिवारलाई अन्तरिम राहत स्वरूप जनही रु. ५०,०००/- का दरले क्षतिपूर्ति उपलव्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/०६ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. ७६७ संरक्षण १२८ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई ताकेता पत्र पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/९/२४ को निर्णयानुसार आयोगको निर्णयबमोजिम क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री