2002-06-09 - incident - Kaski district २०५९-०२-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06051 अभिलेखालय सि. नं.: NCA-06051

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०४
  • पीडितको नाम र थर:खिम बहादुर परियार
  • ठेगाना:कास्की जिल्ला पार्ने गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४०२ पोखरा, कास्की जिल्ला पार्ने गाविस निवासी खिमबहादुर परियार आफ्नी श्रीमतीलाई लिन जिल्ला कास्की समैराङ्ग गाविस वडा नं.- ५ मा गएको वलेा २०५९/२/२६ गते बिहान त्यस क्षेत्रमा खटिएका,े नेपाली सेनाको टाले ी र ने.क.पा. (माओवादी) बीच २०५९/२/२४ मा भीडन्त हुँदा नेपाली सेनाका केही व्यक्ति मारिएको र सो घटनापश्चात् सेनाले विभिन्न गाउँमा खोजतलास जारी राखेको अवस्थामा माओवादीको आशङ्कामा ससुरालीमा खाना खाई चुठन् भनी २०५९/२/२६ गते बिहान करिब ८:३० बजे खिमबहादुर परियार घरबाहिर निस्कनेवितिकै केही पर रहेको सेनाको टोलीले गोली चलाएको, निजले 'म माओवादी होइन, यस घरको पाहुना हो' भन्दाभन्दै पुन: अर्को गोली हानी निजको घटनास्थलमै मृत्यु भएको र मेरो श्रीमानलाई के भयो भनी भित्र खाना खाँदै गरेकी खिमबहादुर परियारको श्रीमती अनिता परियार घरबाहिर निस्कन लाग्दा निजलाई पनि गोली हानी निजको पनि घटनास्थलमै मृत्यु भएको। यसरी ससुराली घरमा गएका खिमबहादुर परियार र निजकी श्रीमती अनिता परियारको सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भई मानवअधिकारको गम्भीर उल्लङ्घन हुन गएको आयोगको अनुसन्धान टोलीको प्रतिवेदन नेपाली सेना पश्चिम पृतना (मानवअधिकार महाशाखा) को मिति २०६४/१०/१३ को पत्रानुसार बिस्तृत शान्ति सम्झौताबमोजिम दुवै पक्षबाट भएका त्रुटिहरूलाई भविष्यमा नदोहोर्‍याउने र क्रमिक सच्याउँदै लैजाने र पीडित पक्षलाई क्षतिपूर्ति दिन सिफारिस गरेमा हुने व्यहोरा उल्लेख गरी जवाफ प्राप्त भएको देखिन्छ। आयोगको टोलीको प्रतिवेदनअनुसार समेत मानवअधिकारको उल्लङ्घन भएको पाइएकोले दोषीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस लेखी पठाउने र मानवअधिकार उल्लङ्घन गर्नेलाई कारबाही गरी न्याय पाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६३/४/८ मा मृतक खिमबहादुर परियारका पिता टीकाराम परियार र आमा मनकला परियारको निवेदन परेको
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:आफ्नी छारेीलाई बाबअुामाले पालनपोषण गरेको र समानता र न्यायको आधारमा मृतक खिमबहादुर परियार र अनिता परियारका पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम उजुरवाला दवु तै र्फका पीडितलाई अपुतालीको महलबमोजिम नजिकको हकवालालाई जनही रु. ३,००,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/८/३ मा नेपाल सरकारलाई सिफारिस लेखी पठाउने
  • आयागेबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री