2002-00-00 - incident - Dang district २०५८-००-०० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-03183 अभिलेखालय सि. नं.: NCA-03183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६०
  • पीडितको नाम र थर:हलेरुाम चौधरी, शरद चौधरी, बुद्धिराम चौधरी, इन्दल्राल चौधरी, रामप्रसाद चौधरी, वनिोद चौधरी, ढुण्डिराज चौधरी, पृथ्वीनारायण चौधरी, असुरी चौधरीसमेत ९ जना
  • ठेगाना:दाङ, लक्ष्मीपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला लक्ष्मीपुर गाविस वडा नं.- ३ स्थित बेलुवा थारू गाउँमा मिति २०५९ साल १८ गते बधु बार ७:३० बजे पर्व मनाउँदै गरेका स्थानीय युवकहरू १९ वर्षीय हेलरुाम चौधरी,१६ वर्षीय शरद चौधरी, १५ वर्षीय बुद्धिराम चौधरी, २३ वर्षीय इन्द्रलाल चौधरी, १९ वर्षीय रामप्रसाद चौधरी, १९ वर्षीय वनिोद चौधरी, १८ वर्षीय ढुण्डिराज चौधरी, १६ वर्षीय पृथ्वीनारायण चौधरी र २२ वर्षीय असुरी चौधरीको करिब २०० को सख्ंयामा रहेका सुरक्षाफौज पुगी अन्धाधुन्ध गोली चलाउँदा घटनास्थलमा मृत्यु भएकाले उक्त घटनाको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन आवश्यक पहल गरी पाऊँ भनी मानवअधिकार जागरण मञ्चमार्फत् मानवअधिकार तथा शान्ति सामाजिक न्याय मञ्च तथा मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट मिति ०५९/८/३ मा आयोगमा उजुरी प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:जिम्मेवार सुरक्षाकर्मीलाई आवश्यक कारबाही तथा पीडितका परिवारहरूलाई जनही रु. १,५०,०००/- दरले क्षतिपूर्ति उपलव्ध गराउन श्री ५ को सरकारसमक्ष लेखी पठाउने ठहर्छ भन्ने आयोगको मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ५८६ संरक्षण ६४ मिति २०६२/०४/११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगको निर्णय कार्यान्वयनका लागि पठाइएको, आयोगको संरक्षण ८२ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईताकेता पत्र पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/५ को निर्णयानुसार जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूतिर्सम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री